
बिर्तामोड, बैशाख ७ । झापाको बिर्तामोड र कमलमा सडक दुर्घटनामा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । आज बिर्तामोड-३ लिटिल फ्लावर्स स्कुलछेउमा भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एकजना साइकलयात्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोडबाट गरामनीतर्फ जाँदै गरेको बा. ५२ प ३०५५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३६ वर्षीय कुमार विक घाइते भएका हुन् ।

घाँटीमा चोट लागेका उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । प्रहरीले मोटरसाइकल चालक अर्जुनधारा ३ का ५१ वर्षीय किशोर ढकाललाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै, कमल ५ रवि पेट्रोल पम्पनजिकै भएको दुर्घटनामा गौरादह १ का ३९ वर्षीय जीवन पुरी घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको को.३८ प १५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–२–०४१प २२८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।






