२०८३ बैशाख १२ शनिबार
Jhapa Today
Adv top

बिर्तामोडमा बसले अटोलाई ठक्कर दिँदा सातजना घाइते


बिर्तामोड, बैशाख १२ । झापाको बिर्तामोडमा बसले तीनचक्के अटोरिक्सालाई ठक्कर दिँदा सातजना घाइते भएका छन् । दुर्घटना आज ३ः४५ बजे भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा अटो चालक कचनकवलका ३८ वर्षीय अस्मुदिन अन्सारी, बिर्तामोड ५ की २२ वर्षीया कल्पना चापागाईं, बिर्तामोड-२ की ३७ वर्षीया भावना अधीकारी, ४ वर्षीया साबिया अधिकारी, ५० वर्षीया लक्ष्मी नेपाल, १२ वर्षीय सुगम नेपाल र बिर्तामोड-१ का ५३ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अटो चालक अन्सारीको अवस्था गम्भीर रहेको छ भने अन्य छजनाके अवस्था सामान्य रहेको छ । उनीहरुको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा भाटभटेनी अगाडि भएको हो । विराटनगरबाट पूर्व आउँदै गरेको मे. १ ख २६२६ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको प्र.१–०१–००२ ह ५१९८ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

Adv footer