२०८३ बैशाख १६ बुधबार
Jhapa Today
Adv top

झापामा अनुमति नभएका पसलबाट अनुदानको मल बिक्री


बिर्तामोड, बैशाख १६ । झापामा कृषि ज्ञान केन्द्रले सहकारी संस्थाभन्दा निजी फर्महरुले मनोमानी ढंगले मल बिक्री वितरण गरिरहेको पाइएको जनाएको छ ।

हिजो गरिएको अनुगमनमा अनुमतिबिना पसलहरुले अनुदानको मल बिक्री गरिरहेको भेटिएको छ । बाह्रदशी ३ राजगढस्थित दुलाल कृषि भण्डारले बिनाअनुमति अनुदानको मल बिक्री गरिरहेको भेटिएको हो ।

त्यहाँ चार बोरा मल भेटिएको छ । सो पसलले कहाँबाट र कसरी मल ल्याएर बिक्री गर्ने गरेको भनेर अनुसन्धान सुरु गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । उनले सो मल जफत गरिएको जानकारी दिए ।

त्यस्तै, अधिकांश निजी फर्महरुले बिलबिना मल बिक्री गरिरहेको पाइएको छ । सहकारी संस्थाभन्दा निजी फर्मले गरिरहेको मल बिक्रीमा समस्या देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले बताए ।

हिजो झापाका ११ वटा मलखाद डिपो र एग्रोभेटहरुको अनुगमन गरिएको थियो । बिर्तामोड ३ बिर्ताबजारको सोमा एग्रो ट्रेडर्स र प्रेमकृष्ण भण्डार, भद्रपुरको सदाबहार एग्रो भेटस्, परिचित कृषि भण्डार, बाह्रदशी ३ राजगढको लुम्बिनी बहुउद्देश्यीय सहकारी संस्था, दुलाल कृषि भण्डार, बाह्रदशी ४ को सजीवन कृषि सहकारी संस्था, बाह्रदशी ५ को खाद्यमल तथा कृषिजन्य बीउविजन फर्म, हल्दिबारी १ को धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो गोलधाप कृषि सहकारी संस्था र हल्दिबारी २ को परिणिति सिड्स सप्लायर्समा अनुगमन गरिएको थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख विष्टको अगुवाई रहेको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, कृषि सामग्री कम्पनी, साल्ट टे«डिङ कर्पोरेसनका प्रतिनिधि र प्रहरीको सहभागिता रहेको थियो ।

Adv footer