२०८३ बैशाख १६ बुधबार
Jhapa Today
Adv top

बिर्तामोडमा बैशाख अन्तिम साता टि–१० क्रिकेट हुने


बिर्तामोड, बैशाख १६ । झापाको बिर्तामोडमा बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्वेली गणतान्त्रिक युवा क्लबको आयोजनामा यही बैशाख २४ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

क्लबका अध्यक्ष दिपेन चौधरीका अनुसार प्रतियोगितामा जम्मा १६ वटा टिमको सहभागिता रहनेछ । खेल महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ भने फाइनल खेल बैशाख २८ गते हुने तय गरिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार युवा व्यवसायी लेलिस ओडारी र दोस्रो पुरस्कार निर्मल भट्टराईले प्रायोजन गरेका छन् । खेल संयोजक चन्द्र भट्टराईका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई एक हजार रुपैयाँ प्रदान गरिनेछ । फाइनल खेलमा उत्कृष्ट फिल्डर, बलर, विकेटकिपर र ब्याटरलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्लेयर अफ द सिरिजलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको कुल अनुमानित खर्च ४ लाख ३ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि बिर्तामो नगरपालिकाले २ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

Adv footer