२०८३ बैशाख २३ बुधबार
Jhapa Today
Adv top

खरबुजा खाँदा बिर्तामोडमा दुईजना बिरामी


बिर्तामोड, बैशाख २२ । झापाको बिर्तामोडमा खरबुजा खाएर दुईजना बालबालिका बिरामी भएको प्रहरीले जनाएको छ । उनीहरुले विषाक्त खरबुजा खाएको आशंका गरिएको छ ।

बिर्तामोड-३ का इन्द्र बुढाथोकीले आफ्ना छोराछोरी खरबुजा खाएपछि बिरामी भएका जानकारी दिए । पेट दुख्ने र बान्ता हुने लक्षण भएपछि बिर्ताबजारको मेडिकलमा लगेर उपचार गराएको उनले बताए ।

करिब एक साताअघि मुम्बईमा खरबुजा खाएपछि एउटै परिवारका चारजनाको मृत्यु भएको थियो ।

Adv footer