
बिर्तामोड, बैशाख २९ । झापाको अर्जुनधारामा जंगली हात्तीको आक्रमणबाट एकजना युवक घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइते हुनेमा अर्जुनधारा–२ का २४ वर्षीय दिनेश पराजुली रहेका छन् । उनलाई हिजो हिजो राति ९ः०० बजे मिलन चोकमा हात्तीले आक्रमण गरेको हो ।

सडकमा हिँडिरहेको अवस्थामा पराजुलीलाई अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ ।

उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको र हाल उनको अवस्था बोल्न सक्ने, सामान्य रहेको प्रहरीले जनाएको छ ।





