
बिर्तामोड, बैशाख २९ । झापाको भद्रपुरमा सञ्चालनमा रहेको ग्यालेक्सी इङलिस स्कुलले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा शतप्रतिशत ल्याएको छ ।

हिजो प्रकाशित नतिजाअनुसार ग्यालेक्सी स्कुलबाट सहभागी सबै विद्यार्थी ग्रेडेड भएका छन् । विद्यालयका सहायक प्रिन्सिपल विवेक चम्लागाईंका अनुसार ग्यालेक्सीबाट २३ जना विद्यार्थी एसइइमा सहभागी थिए ।

भद्रपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार भद्रपुर ९ मा रहेको ग्यालेक्सीबाट सहभागीमध्ये आठजना विद्यार्थी ३.६० जिपिएएभन्दा माथि, १४ जना विद्यार्थी ३.२० जिपिएएभन्दा माथि र एकजना विद्यार्थीले २.८० जिपिएएभन्दा माथि ल्याएका छन् ।

गत वर्ष २०८१ को एसइइ नतिजामा ग्यालेक्सीबाट ९१.२५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । ग्यालेक्सीबाट २३ जनामध्ये २१ जना विद्यार्थी ग्रेडेड थिए ।
गत वर्ष ग्यलेक्सी भद्रपुर नगरपालिकामा सबैभन्दा उत्कृष्ट रिजल्ट ल्याएको थियो । यो वर्ष पनि ग्यालेक्सी नगरमै उत्कृष्ट भएको विद्यालयले जनाएको छ ।






