२०८३ बैशाख ३० बुधबार
Jhapa Today
Adv top

झापामा सामुदायिक विद्यालयका १४ जनाको ४ जिपिए, निजीबाट ४२ जना


बिर्तामोड, बैशाख ३० । झापामा सामुदायिक विद्यालयका १४ जना विद्यार्थीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ४ जिपिए ल्याएका छन् । झापाका ५६ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

बाँकी ४२ जना विद्यार्थी निजी तथा संस्थागत विद्यालयका छन् । सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी कमलको मंगलमय मावि, मोहनमाया मावि बिर्तामोड, जनता मावि गौरादह र हिमालय मावि दमकका २–२ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

त्यस्तै, संस्थागत विद्यालयतर्फ बिर्तामोडको वाल्मीकि एजुकेसन फाउन्डेसनका ६ जना, ग्लोबल एजुकेसन दमकका पाँचजना, एभरेस्ट बोर्डिङ स्कुल दमक, न्युटन्स एजुकेसन एकेडेमी बिर्तामोड, झापा मोडल इङ्लिस सेकेन्डरी स्कुल दमक र एकता एकाडेमी दमकका २–२ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

झापामा १० वटा सामुदायिक विद्यालयबाट १४ जना र २९ वटा संस्थागत विद्यालयबाट ४२ जना विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएका हुन् । साधारण धारतर्फ ५२ जना र प्राविधिक धारतर्फ ४ जनाले ४ जिपिए ल्याएका छन् ।

झापा जिल्लामा १० हजार ८३० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ हजार ५४२ जना विद्यार्थी ननग्रेडेड भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाको समग्र उत्तीर्ण प्रतिशत ७०.४५ रहेको हो । २९.५४ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन्। 

१. सुसन बगाले– सिद्धार्थ बोर्डिङ दमक
२. सुमन राजवंशी– धुलावारी मावि धुलावारी
३.निश्चल खतिवडा–शनिश्चरे मावि शनिश्चरे
४. भूमिका दंगाल– जनता मावि गौरादह
५.कंचन काफ्‌ले– भानु सेकेन्डरी स्कुल लालझोडा
६.आयुश शर्मा– एभरेष्ट बोर्डिङ स्कुल दमक
७.अशिम विष्ट– एभरेष्ट बोर्डिङ स्कुल दमक
८. समृद्धि सेडाई– माउन्ट एभरेष्ट सेकेन्डरी स्कुल गौरादह
९.आदित्यराज खरेल–एमरेल्ड एकाडेमी भद्रपुर
१०.प्रतिक अर्याल– ग्लोबल एजुकेशन एकाडेमी दमक
११. पुजन पौडेल– ग्लोबल एजुकेशन एकाडेमी दमक
१२.रोनिश दाहाल– ग्लोबल एजुकेशन एकाडेमी दमक
१३. रोशन विमली– ग्लोबल एजुकेशन एकाडेमी दमक
१४.स्वेच्छा अधिकारी– ग्लोबल एजुकेशन एकाडेमी दमक
१५.सुशांक शिवाकोटी– इष्ट होराइजन मावि मेचीनगर
१६.प्रगति अधिकारी– श्री वन्डरफुल बोर्डिङ तोपगाछी
१७. अनिकेत सापकोटा– विद्यापानी मावि पथरिया
१८.मंजिल नेपाल– भानु मावि धरमपुर
१९. मोहमद सुफिहान–ग्लोरी इङ्लिस बोर्डिङ बिर्ताबजार
२०.अक्लेशा कुमारी पण्डित–मंगलमय मावि लखनपुर
२१. सोफिया गौतम– मंगलमय मावि लखनपुर
२२.विपिशा पाठक–इमिनेन्ट कंचनजंघा इङ्लिस बोर्डिङ गौरादह
२३. विनिशा अग्रवाल–बाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोड
२४.चिरायु न्यौपाने– बाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोड
२५.नेहा बुढाथोकी– बाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोड
२६.रिदम खड्का– बाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोड
२७.रिजन खड्का– बाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोड
२८.सबल खरेल– बाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोड
२९.अन्वेष अधिकारी–न्यूटन्स एजुकेशन फाउन्डेशन बिर्तामोड
३०.मौसम सिटौला– न्यूटन्स एजुकेशन फाउन्डेशन बिर्तामोड
३१.इरोज शिवाकोटी– इडन गार्डेन एजुकेशन फाउन्डेशन बिर्तामोड
३२.आयुष्मा तिम्सिना–तारापुञ्ज इङ्लिस बोर्डिङ मेचीनगर
३३.देशिका खतिवडा– विद्योदय शिशु सदन गौरादह
३४.सन्देश पकुवाल– बुद्ध स्मृति एजुकेशन फाउन्डेशन बिर्तामोड
३५. जुनु दंगाल– निहारिका इङिलस बोर्डिङ तोपगाछी
३६. विनम्र भट्टराई– झापा मोडल इङ्लिस सेकेन्डरी स्कुल दमक
३७. प्राप्ति पोखरेल– झापा मोडल इङ्लिस सेकेन्डरी स्कुल दमक
३८. श्रेया प्रधान– सेन्ट जेभियर्स स्कुल देउनिया
३९. गिनिज खनाल– एकता एकाडेमी दमक
४०. नेहारिका अधिकारी– एकता एकाडेमी दमक
४१.रुमिशा बुढाथोकी– रुपरत्न मेमोरियल बोर्डिङ अर्जुनधारा
४२.शुभम तिम्सिना– प्यारागन एकाडेमी स्कुल कन्काई
४३. कोमल दास– मोहनमाया मावि बिर्तामोड
४४.कृष्ण न्यौपाने– मोहनमाया मावि बिर्तामोड
४५. बिजेश पाण्डे– सनराइज मोडल स्कुल दमक
४६. पुष्पा दंगाल– क्यानरी एकाडेमी हल्दिवारी
४७.प्रमिशा जवेगु– दुर्गा आवासीय इङ्लिस स्कुल धाइजन
४८. सुमितराज विष्ट– स्मारिका सामुदायिक बोर्डिङ लखनपुर
४९. आयुश उप्रेती– जय पाथीभरा इङ्लिस स्कुल झापा गापा
५०. एन्जल खड्का– इरा एभरग्रिन इङ्लिस स्कुल बुद्धशान्ति
५१.जेनिश भट्टराई– जनता मावि गौरादह
५२.आदर्श चम्लागाई– सेन्ट जेभियर्स सडकवारी स्कुल झापा
५३.अनिश भण्डारी– जनता मावि गौरादह
५४.श्रुति नेपाल– जनता मावि गौरादह
५५. रोमन बोहोरा– हिमालय मावि दमक
५६. सौगातराज काफ्‌ले– हिमालय मावि दमक

Adv footer