२०८३ बैशाख ३० बुधबार
Jhapa Today
Adv top

भद्रपुरमा पैनीमा डुबेर एक युवाको मृत्यु


बिर्तामोड, बैशाख ३० । झापाको भद्रपुरमा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।

जिल्ल प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर-८ दुखाबस्तीमा ३५ वर्षीय बुद्धिम किस्कुको पैनीमा डुबेर मृत्यु भएको हो ।

आज बिहान ८ बजे पानीमा डुबिरहेको अवस्थामा किस्कुको शवलाई स्थानीयले फेला पारेका थिए । उनले ज्याला मजदुरी दैनिकी चलाउँदै आएका थिए ।

मादक पदार्थ सेवन गर्ने गरेका किस्कु मातेर पैनीमा लडेपछि उठ्न नसकी मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

किस्कुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । झापामा डुबेर मृत्यु हुनेको संख्या कम हुन सकेको छैन ।

Adv footer