२०८३ जेठ २ शनिबार
Jhapa Today
Adv top

झापामा तीनजना डिएसपीको सरुवा


बिर्तामोड, जेठ २ । झापामा नेपाल प्रहरीका तीनजना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरूवा भएको छ । हिजो साँझ प्रहरी प्रधान कार्यालयले सरूवा सूची प्रकाशन गरेको हो ।

प्रहरीले देशभरका प्रहरी उपरीक्षक (एसपी) तर्फ ४६ जनाको सरूवा गरेको छ । त्यस्तै, डिएसपीतर्फ १४९ जनाको सरूवा सूची प्रकाशन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काको काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा सरुवा भएको छ ।

उनको ठाउँमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रानीपोखरीबाट रञ्जन अवा झापा आउने भएका छन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी विजय श्रेष्ठको जिल्ला प्रहरी कार्यालय सिन्धुली सरुवा भएको छ । उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालबाट सन्तोष पाठक बिर्तामोड आउने भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्सालको नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग तालिम शाखा नक्साल सरुवा भएको छ । उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट हरिबहादुर बस्नेत दमक आउने भएका छन् ।

Adv footer