२०८३ जेठ ८ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडको कराते प्रतियोगितामा लफडाः पाठकविरुद्धको जाहेर लिएन प्रहरीले


बिर्तामोड, जेठ ८ । करातेकी प्रशिक्षक मिना पाठकले आफूमाथि अभद्र व्यवहार भएको भन्दै एक महिलाले इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिन पुगे पनि प्रहरीले दर्ता नगरेको बताएकी छन् ।

बिर्तामोडमा जेठ २ गते दोस्रो मेयर कप कराते प्रतियोगिता २०८३ सम्पन्न भएपछि पाठकले आफूमाथि अभद्र व्यवहार भएको भन्दै बिर्तामोड–४ की ३८ वर्षीया सन्जु थापाले इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिन पुगे पनि प्रहरीले दर्ता नगरेको आरोप लगाएकी हुन् ।

थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कराते प्रशिक्षक भनेर परिचय दिने बिर्तामोड–५ निवासी करिब ५२ वर्षीया मीनादेवी पाठकविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा जाहेरी पेस गरेकी हुन् ।

जाहेरीअनुसार बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा जेठ १ र २ गते कराते प्रतियोगिता अतिथि सदनमा सञ्चालन गरिएको थियो । वडा नम्बर ४ को तर्फबाट सहभागी खेलाडीहरूको टिम म्यानेजरको जिम्मेवारी पाएकी सन्जु थापा प्रतियोगितास्थलमा खटिएकी थिइन् ।

खेलकुद कार्यक्रम सम्पन्न भएपछि जेठ २ गते साँझ करिब ५ः३० देखि ६ बजेको समयमा अतिथि सदन परिसरमा आफूलाई विपक्षी मीनादेवी पाठकले सार्वजनिक स्थलमै अभद्र व्यवहार गरेको दाबी जाहेरीमा उल्लेख छ ।

पीडितको भनाइअनुसार आफूहरूले खेलका लागि ल्याएको म्याटसमेत मीनादेवी पाठकको निर्देशनमा हडप्न खोजिएको आरोप लगाइएको छ ।

थापाले आफू र श्रीमान् सूर्यबहादुर थापाले बिर्तामोडमा भिक्ट्री मार्सल आट्र्स एन्ड स्पोट्र्स एकेडेमी सञ्चालन गर्दै आएको उल्लेख गर्दै घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरेकी छन् ।

Adv footer