२०८३ जेठ ८ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा टिभिएसको अहिलेसम्मकै ठुलो एक्सचेन्ज अफर हुने


बिर्तामोड, जेठ ८ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले अहिलेसम्मकै ठुलो र लामो अवधिको एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफर सार्वजनिक गरेको हो ।

यही जेठ १० गतेदेखि २२ गतेसम्म बिर्तामोडस्थित पश्चिम बस स्ट्यान्डछेउ हनुमान पेट्रोल पम्प अगाडि सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटर एक्सचेन्ज गर्न सकिने सञ्चालक लुना बस्नेतले बताइन् ।

साथै, यो अफरअन्तर्गत ग्राहकहरूले अधिकतम मूल्यांकन ग्यारेन्टीका साथ पाउनेछन् । त्यस्तै, हरेक दिन १२४ रुपैयाँबाट सुरु हुने इएमआइको व्यवस्था पनि यो अफर कार्यक्रममा राखिएको छ ।

यस अफरमा निःशुल्क हेल्मेटको व्यवस्था पनि राखिएको सञ्चालक बस्नेतले जानकारी दिइन् । त्यस्तै, आकर्षक नगद छुटको पनि व्यवस्था राखिएको छ ।

Adv footer