२०८३ जेठ ११ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडबाट अढाइ लाखको बेवारिसे कपडा बरामद


बिर्तामोड, जेठ ११ । प्रहरीले झापाको बिर्तामोडबाट भन्सार छलेर ल्याएको कपडाजन्य सामग्री बरामद गरेको जनाएको छ । ती सामग्री आज दिउँसो बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-८ कटहरबारीस्थित सडकको छेउमा बेवारिसे अवस्थामा रहेको अवैध कपडा फेला पारेर बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले ती कपडा बरामद गरेको जनाएको छ । प्रहरीले कपडा कसको हो भनेर खोजी भने गरेको जानकारी पठाएको छैन ।

बरामद गरिएको कपडाजन्य सामग्रीको मूल्य दुई लाख ५९ हजार ९०० रुपैयाँको रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको कपडामध्ये सबैभन्दा धेरै सेतो सेन्डो भेस्ट एक हजार थान रहेको छ ।

त्यस्तै, हाफपेन्ट ३७ थान, धारी हाफपेन्ट ६ थान, सादा हाफपेन्ट २९ थान, जिन्स पेन्ट १४ थान, कटन पेन्ट ३६ थान, साडी २७ थान, बक्सर हाफपेन्ट ७१ थान, पेन्टी ३२४ थान, र सर्ट ११ थान रहेको छ ।

Adv footer