२०८३ जेठ १२ मंगलबार
Jhapa Today
Adv top

झापामा भीषण हावाहुरी, केही घरमा क्षति


बिर्तामोड, जेठ १२ । झापाको आधिकांश भूभागमा हिजो राति आएको भीषण हावाहुरी र वर्षाले क्षति पु¥याएको छ । प्राकृतिक विपत्तिका कारण झापाका सबै पालिकामा क्षति पुगेको स्थानीयले बताएका छन् ।

धेरैजसो क्षेत्रमा सुपारी लगायतका रुखहरु भाँचिएको छ । ग्रामीण क्षेत्रमा जस्ता तथा फुसका घरहरुमा क्षति पुगेको छ । हावाहुरीले घरका छाना उडाउने, भित्तामा चिरा पार्ने तथा विद्युत अवरुद्ध गराउनेजस्ता समस्या निम्त्याएको छ ।

रातिको समयमा आएको विपत्तिले स्थानीय बासिन्दा त्रसित बनेका छन् । झापामा धेरै ठाउँमा बिजुलीका पोलहरु लडेका छन् । आज अशिले झापाका अधिकांश क्षेत्रमा विद्युत अवरुद्ध छ ।

धेरै घरका जस्तापाता उडेको, गोठ तथा भण्डारण कक्षमा क्षति पुगेको र खाद्यान्न समेत भिजेर नष्ट भएको बताइएको छ । चौपायाको अवस्था नाजुक बनेको छ ।

कतिपय परिवार सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन् । यद्यपि, हालसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयबासीले बताएका छन् । एकातिर घर तथा भौतिक संरचनामा क्षति पुगेको छ भने अर्कोतर्फ किसानले लगाएको मकैबाली असिनाले पूर्णरूपमा नष्ट गरेको छ ।

यसैबीच, हिजो रातिको हावाहुरीले मेचीनगरमा बसको सिसा फुटाएको छ । मेचीनगर–८ इटाभट्टामा रहेको सूर्योदय बसमा क्षति पुगेको हो ।

पार्किङ स्थलको भवनको जस्ताको छाना उडाएर सोही स्थानमा राखिएको मे. १ ख २५२६ र मे. १ क २७९३ नम्बरको दुवै बसको अगाडिको सिसा फुटेर क्षति भएको प्रहरीले जनाएको छ ।

Adv footer