
बिर्तामोड, जेठ १९ । दुई चक्के सवारी साधन टिभिएसको आधिकारिक बिक्रेता बिर्तामोडको पाथिभरा अटो लिंकले सञ्चालन गरेको ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ आफरमा एक सयभन्दा बढी गाडी बिक्री भएको छ ।

एक्सचेन्ज अफर सञ्चालन भएको एक सातामै एक सयभन्दा बढी मोटरसाइकल र स्कुटर बिक्री भएको कम्पनीले जनाएको छ । जेठ १० गतेदेखि २२ गतेसम्म सञ्चालनमा रहेको अफरमा ग्राहकको भीड लाग्ने गरेको छ ।

विशेष र लामो समयसम्मको अफर भएकाले धेरै ग्राहकहरु आकर्षित भएका छन् । टिभिएस स्मार्ट एक्सचेन्ज एकदमै उत्साहका साथ सञ्चालन भइरहेको अटो लिंकका सञ्चालक लुना बस्नेतले जानकारी दिइन् ।

यो अफरअन्तर्गत ग्राहकहरूले अधिकतम मूल्यांकन ग्यारेन्टीका साथ पाउनेछन् । त्यस्तै, हरेक दिन १२४ रुपैयाँबाट सुरु हुने इएमआइको व्यवस्था पनि यो अफर कार्यक्रममा राखिएको छ ।

यस अफरमा निःशुल्क हेल्मेटको व्यवस्था पनि राखिएको सञ्चालक बस्नेतले जानकारी दिइन् । त्यस्तै, आकर्षक नगद छुटको पनि व्यवस्था राखिएको छ । बिर्तामोडको पश्चिम बस स्ट्यान्डस्थित हनुमान पेट्रोल पम्पमा टिभिएस स्मार्ट एक्सचेन्ज सञ्चालन गरिएको थियो ।







