
बिर्तामोड, जेठ १९ । सुनको भाउ फेरि बढेको छ । आइतबार तोलामा २० हजार रुपैयाँभन्दा बढीले उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ३ लाख ११ हजार ३ सय रुपैयाँ पुगेको छ। सोमबार भने सुनको भाउ २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ सय रुपैयाँमा झरेको थियो।

यसअघि आइतबार मात्रै सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो। हाल नेपाली बजारमा सुनको मूल्य लगातार उतारचढावसँगै ऐतिहासिक स्तरमा कायम रहेको छ।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर ५ हजार ४ सय ५ रुपैयाँ पुगेको छ। हिजो चाँदी ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। सोही दिन चाँदीको मूल्य पनि तोलामा ७ हजार ५०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।







