Category: 'अपराध'

पत्रकार बास्तोलालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग
बिर्तामोड, मंसिर २६ । बिर्तामोड झापा डटकम अनलाइन न्युज पोर्टलका सञ्चालक तथा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका सदस्य टिकाराम बास्तोलालाई ज्यानमार्ने धम्की दिएको घटनाप्रति प्रेस सेन्टर नेपाल झापा, प्रेस चौतारी नेपाल झापा शाखा […]
दमकबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
दमक, मंसिर २६ । झापाको दमकबाट प्रतिबन्धित लागुऔषधसहित सोमबार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीको संयुक्त प्रहरी टोलीले दमक ३ का २४ वर्षीय भीमबहादुर राई र सोही […]
बचतकर्ताको रकम फिर्ता नगरी दमकको नवरङ्ग साकोसका सञ्चालक सम्पर्कविहीन
दमक, मंसिर २५ । झापाको दमक-६ मा रहेको नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौँ रुपैयाँ फिर्ता नगरी बन्द भएपछि बचतकर्ता मारमा परेका छन् । दसँैअघि नै बन्द गरेर संस्थाका सञ्चालकहरु सम्पर्कविहीन छन् । […]
अफ्रिका पठाउने भन्दै १७ लाख ठग्ने बिर्तामोडका अन्जेश पक्राउ
बिर्तामोड, मंसिर २४ । दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ का १८ वर्षीय अन्जेश गिरी छन् । गएको शुक्रबार दिउँसो […]
घरेलु हिंसाको मुख्य कारण मदिरा
बिर्तामोड, मंसिर २४ । विगत तीन वर्षमा झापा प्रहरी कार्यालयमा परेका घरेलु हिंसाका घटना तथ्याङ्क हेर्दा हिंसाको मुख्य कारण मादक पदार्थ सेवन ‘मापसे’ नै देखिएको छ । ‘मापसे’ गरेर श्रीमतीमाथि हिंसा गर्ने बढी पाइएको छ […]
शिवसताक्षीमा छाप र सही कीर्ते गरेर प्रमाणपत्र
बिर्तामोड, मंसिर २२ । झापाको शिवसताक्षी नगरमा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप कीर्ते गरेको घर भवन निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ । आर्थिक वर्ष ०७२/०७३ […]
मेची भन्सारका कर्मचारी अवैध रकम असुलीमा !
मेचीनगर, मंसिर २२ । मेची भन्सार कार्यालयका कर्मचारीहरु भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा अवैध रुपमा रकम असुलीमा व्यस्त छन् । त्यस्ता सवारी साधनलाई मासिक पैसा असुलेर सुविधा काट्ने रामहरि […]
चुहिन थालेपछि बुद्धशान्तिको वडा कार्यालयमाथि अख्तियारको छानबिन
मेचीनगर, मंसिर २१ । वडा कार्यालयको भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग गरेको उजुरी परेपछि झापाको बुद्धशान्ति-२ को वडा कार्यालयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । वडा कार्यालयको नवनिर्मित कार्यालय भवन चुहिएर चर्कन […]
बिर्तामोड एकाबिहानै दुर्घटना हुँदा एकजना घाइते
बिर्तामोड, मंसिर १९ । झापाको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको राजगढ बस स्टेन्डमा दुईवटा कार एकआपसमा ठोक्किँदा एकजना घाइते भएका छन् । आज (मंगलबार) बिहानै पूर्वबाट पश्चिमतर्फ गइरहेको को. १ ज ३४९१ नम्बरको बोलेरो भेन र पश्चिमबाट […]