Category: 'अर्थ/वाणिज्य'
झापाका सहरमा चल्छन् भारतीय नम्बर प्लेटका ट्याक्सी, प्रशासन मौन
मेचीनगर, असार ३१ । भारतीय नम्बर प्लेट भएका सवारी साधनहरूले झापाका सीमावर्ती सहर काँकरभिट्टा, धुलाबारी, भद्रपुर मात्र होइन बिर्तामोडसम्म भाडामा सेवा दिँदै आए पनि प्रशासन मौन छ । होटल मेची क्राउन, क्यासिनो भेगसदेखि बिर्तामोडको होटल […]
बिर्तामोडमा सवा तीन अर्बमा बन्दै दुर्गा प्रसाईंको पाँचतारे होटल
बिर्तामोड, असार ३१ । झापा बिर्तामोडका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिर्तामोडस्थित हर्कलाल मार्गमा पाँचतारे होटल एट्रियम बनाइरहेका छन् । निर्माणाधीन होटल एट्रियम प्राइभेट लिमिटेडको हालसम्म ८९ प्रतिशत वित्तीय प्रगति भएको छ । होटल आगामी २०८३ […]
बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती
मेचीनगर, असार ३१ । झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रमा हात्तीको उपद्रो रोक्न कागती खेती सुरु गरिएको छ । क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयबासीलाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित मेचीनगर–४ […]
सहारा साकोसका कर्मचारीलाई अभद्र व्यवहार गर्नेविरुद्ध जाहेरी
बिर्तामोड, असार ३० । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि भएको दुर्व्यवहारविरुद्ध जाहेरी दर्ता भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका २ रचनाटारमा संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्नेविरुद्ध आज कारबाहीको […]
बिर्तामोडमा टिभिएस एक्सचेञ्ज म्यानिया साउन २ गतेसम्म
बिर्तामोड, असार ३० । झापाको बिर्तामोडमा जारी ‘टिभिएस मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया’मा ग्राहकको अत्यधिक चाप र सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि कार्यक्रमको अवधि थपिएको छ । अब यो एक्सचेञ्ज मेला असार २९ गतेदेखि साउन २ गतेसम्म […]
निगमले जित्यो चारआलीको जग्गा मुद्दा
बिर्तामोड, असार ३० । नेपाल आयल निगमले झापाको मेचीनगरमा रहेको जग्गासम्बन्धी एक महत्त्वपूर्ण मुद्दा जितेको छ । करिब डेढ वर्षअघि, निगमले आफ्नो २३ बिघा जग्गामा तारबार लगाउन थालेपछि स्थानीय छत्रबहादुर र रीता कार्कीले आफ्नो दुई […]
तोलामा ११ सय बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड
बिर्तामोड, असार २९ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको […]
धुलाबारी बजार क्षेत्रमा सिसी टिभी क्यामेरा जोडिने
मेचीनगर, असार २८ । कुनै बेला नेपालको हङकङ बजारको उपमा पाएको पूर्वी नेपालको व्यस्त बजार धुलाबारी क्षेत्रका विभिन्न स्थानहरुमा सिसी टिभी क्यामेरा जडान गरिने भएको छ । चिनिया सामग्री बिक्रीको मुख्य बजार रहेको धुलाबारीमा सुरक्षा […]
११ महिनामा १५ खर्ब ३२ अर्ब भित्रियो रेमिट्यान्स
बिर्तामोड, असार २७ । चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको […]

