Category: 'अर्थ/वाणिज्य'
मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन
बिर्तामोड, पुस १५ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट तीन अर्ब ८० करोड ५८ […]
इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति
बिर्तामोड पुस १५ । भारी वर्षाका कारण गत असोजको १८ र १९ गते क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । क्षतिग्रस्त सडक […]
आकासियो अमेरिकी डलर
बिर्तामोड पुस १५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ […]
अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो
बिर्तामोड, पुस १२ । चालु आर्थिक वर्ष २०८२–०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको […]
विद्युत प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने
बिर्तामोड, पुस ११ । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व […]
घटे वैदेशिक रोजगारीमा जाने नेपाली
बिर्तामोड, पुस १० । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या पछिल्ला महिना घट्दै गएको छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि प्रमुख श्रम गन्तव्य देशहरूले कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या हरेक महिना घट्दो […]
काँकरभिट्टाबाट ५ महिनामा भित्रियो करिब ८ अर्बको पेट्रोलियम पदार्थ
बिर्तामोड, पुस ९ । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात […]
सुन तोलाको २ लाख ६७ हजार
बिर्तामोड, पुस ८ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला […]
मेची भन्सारबाट ५ महिनामा २० अर्ब १४ करोडको आयात
बिर्तामोड, पुस ८ । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका […]


