Category: 'हाम्रो झापा'
टायल्स तथा मार्बल व्यवसायी संघ झापा अध्यक्षमा खतिवडा
बिर्तामोड, जेठ २४ । टायल्स तथा मार्बल व्यवसायी संघ झापाको अध्यक्षमा युवा व्यवसायी कुशल खलिवडा चयन भएका छन् । बिर्तामोडस्थित कला डिजाइन एन्ड इन्टेरियर सप्लायर्सका सञ्चालक खतिवडा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव समेत रहेका छन् […]
कचनकवलमा अरिदमन गणको विपद पूर्वतयारीबारे सचेतना
बिर्तामोड, जेठ २४ । नेपाली सेनाको अरिदन गणले यस वर्ष हुने मनसुनमा झापाका सबैभन्दा बढी प्रभावित हुने सम्भावित पालिकाहरुको पहिचान गरी विपद पूर्वतयारी स्वरुप स्थानीय नागरिकलाई सुसूचित गराएको छ । गणले आजबाट सञ्चालन गरेको स्थलगत […]
झापामा बाढी आउनुअघि साइरन बज्ने
बिर्तामोड, जेठ २४ । झापामा यस वर्ष बाढीको उच्च जोखिममा रहेकाले पूर्वसूचना प्रणालीलाई जोड दिँदै विभिन्न स्थानमा साइरन जडान गरिएको छ । मनसुनजन्य विपदको क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीव्रता […]
सवा अर्ब लगानीमा ओमसाई पाथिभराले २०० बेड थप्ने, आँखा, मुटु र मिर्गौलाको सघन उपचार
बिर्तामोड, जेठ २४ । झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालले तीन सय बेडमार्फत सेवा दिने तयारी सुरु गरेको छ ।हाल १०० बेडमा सञ्चालित अस्पतालमा करिब १ अर्ब १५ करोड लगानी थप गर्दै ३०० बेडमार्फत सेवा दिने […]
धाइजनमा पिकअपसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु
बिर्तामोड , जेठ २४ । झापा मेचीनगर नगरपालिका वडा नम्बर १२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर चालक झापा बुद्धशान्ति–५ का अन्दाजी २५ वर्षीय लीलाप्रसाद ढुंगेल […]
समाजसेवी गोयलले बुझाए कैदीहरुको धरौटी
बिर्तामोड , जेठ २४ । सामान्य धरौटी रकम भुक्तान गर्न नसकेर लामो समयदेखि कारागारमा कैदी जीवन बिताइरहेका नौजनालाइ समाजसेवी दीनबन्धु गोयलले धरौटी रकम बुझाएर कैदमुक्त गराएका छन् । विभिन्न अभियोग लागेर अदालतले बिगोबापतको रकम बुझाउनु […]
चन्द्रगढीमा एक हजार बिरूवा रोपियो
बिर्तामोड, जेठ २४ । विश्व वातावरण दिवसको अवसर पारेर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक हजार बिरुवा रोपिएको छ । वातावरण संरक्षण कार्यक्रमअन्तर्गत चन्द्रगढी वनभित्र पर्ने ऐतिहासिक स्थल चन्द्रगढ क्षेत्रको लगभग २ बिघा क्षेत्रफलमा […]
पर्यटन व्यवसायीकाे क्षमता विकास कार्यक्रम सम्पन्न
बिर्तामोड , जेठ २४ । पर्यटन कार्यालय झापाले पर्यटन व्यवसायमा आबद्ध व्यवसायीको क्षमता विकाससम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडमा आयोजित प्रशिक्षण कार्यक्रममा होटल, ट्राभल्स, ट्रेकिङमा आबद्ध व्यवसायीहरुको सहभागिता रहेको थियो । […]
बिर्तामोड बसपार्क सरकारी नभएको निष्कर्ष
बिर्तामोड , जेठ २४ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको बताइएको छ । अर्जुनधारा नगरमा भएको छलफलले त्यस्तो निष्कर्ष निकालेको छ । कानुन व्यवसायी, सरोकारवाला, स्थानीय र सञ्चारकर्मीबीच भएको अन्तरक्रियाले […]



