Category: 'समाचार'
रेडहर्स इलाम निलसरी च्यालेन्ज कपको सेमिफाइनलमा
मेचीनगर, बैशाख २४ । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै इलामको रेडहर्स एफसी झापाको मेचीनगर जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा धरान सिटी एफसीलाई २-१ गोल अन्तरले […]
झन् साँघुरो बनाइँदै धुलाबारी बजार, घरधनीसामु निरीह नगरपालिका
मेचीनगर, बैशाख २४ । झापाको मेचीनगरस्थित धुलाबारी मोडदेखि थोप्लेविरान वनसम्म निर्माणाधीन सडकअन्तर्गत धुलाबारी बजार क्षेत्र झन् साँघुरो बनाइने भएको छ । बजार क्षेत्रमा फुटपाथ र नालासहित सडक फराकिलो बनाइनुपर्नेमा स्थानीय घरधनीको दबाबका कारण नगरपालिकाले सडक […]
सहकारी बैंकका अध्यक्ष गिरीलाई बिर्तामोडमा सम्मान
बिर्तामोड, बैशाख २४ । राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष महेन्द्रकुमार गिरीलाई झापाको बिर्तामोडमा सम्मान गरिएको छ । झापा जिल्ला सहकारी संघको आठौँ पद हस्तान्तरण कार्यक्रममा गिरीलाई सम्मान गरिएको हो । आज बिर्तामोडमा भएको कार्यक्रममा संघका […]
बाँसबारीलाई हराउँदै झापा एफसी आठौँ स्थानमा
बिर्तामोड, बैशाख २४ । बिर्तामोडको झापा फुटबल क्लबले जितको लामो खडेरी तोड्दै सहिद स्मारक बि डिभिजन लिगमा सफलता हात पारेको छ । झापाले आज बाँसबारी क्लबलाई २-० ले हरायो । एन्फा कम्प्लेक्समा आज भएको खेलको […]
मेचीनगरबाट १५ लाख भारुसहित एकजना पक्राउ
मेचीनगर, बैशाख २४ । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीको एक टोलीले झन्डै १५ लाख भारतीय रुपैयाँसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । मेचीनगर-७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा १४ लाख ९९ हजार ७०० […]
झापा जिल्ला सहकारी संघले गर्यो पद हस्तान्तरण
बिर्तामोड, बैशाख २४ । झापा जिल्ला सहकारी संघको आठौँ अधिवेशनबाट निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम भएको छ । एक कार्यक्रमका बीच आज बिर्तामोडमा संघका नवनिर्वाचित पदाधिकारी तथा […]
बिर्तामोडमा किरात सामग्री बिक्री गर्ने साङकेन क्रिएसन सञ्चालनमा
बिर्तामोड, बैशाख २४ । झापाको बिर्तामोडमा सांस्कृतिक पहिचानयुक्त पोशाक, गहनालगायत सामग्रीको बिक्री गर्ने उद्देश्यका साथ साङकेन क्रिएसनको शाखा सञ्चालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, उपाध्यक्ष जीवनकुमार खड्का, […]
बिर्तामोडमा चोरी गर्न खोज्दा करेन्ट लागेर घाइते
बिर्तामोड, बैशाख २४ । झापाको बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ भने उनको नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ […]
जन्मदिनमा सबुको राहत कोषमा सहयोग
बिर्तामोड, बैशाख २४ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा बिर्तामोडकी सबु चुडालले सहयोग गरेकी छन् । टिकटक कलेक्सन, चाइना मार्केट र बिरयानी हाउसकी सञ्चालक उनले आफ्ना श्रीमान शिव चुडाल जन्मदिनको […]

