Category: 'समाचार'
प्रथम जिजिआर स्मृति खुला फुटसल पुस २० र २१ गते
बिर्तामोड, पुस १९ । झापाको मेचीनगरमा स्वर्गीय गणेश-ज्ञानेन्द्र राउत (जिजिआर) स्मृति प्रथम खुला फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । आयोजक रेड स्टार फुटसल मेचीनगर-१० गोलबारीले फुटसल मैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो […]
पूर्वनगरप्रमुख शिवाकोटीलाई आज अदालतमा पेश गरिँदै
बिर्तामोड, पुस १९ । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिने भएको छ । उनी करिब एक महिनादेखि बिएन्डसी अस्पतालमा […]
भद्रपुरका निश्चलको उपचारको क्रममा मृत्यु, पूर्वउपप्रमुख श्रेष्ठलाई पुत्रशोक
बिर्तामोड, पुस १९ । भक्तपुरमा स्कुटर दुर्घटनामा घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा निधन भएको छ । तीन दिनअघि भद्रपुर–८ निवासी अन्दाजी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा […]
बिर्तामोड खानेपानीले दैनिक दुई करोड १० लाख लिटर पानी वितरण गर्दै
बिर्तामोड, पुस १८ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाले गत आर्थिक वर्षमा एक हजार नयाँ धारा जडान गरेको छ । संस्थाको २२ औँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष मेघराज बास्तोलाले प्रस्तुत गरेको […]
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव माघ ८ गतेदेखि
बिर्तामोड, पुस १८ । झापाको सबैभन्दा ठुलो बजार बिर्तामोडमा यही माघ पहिलो सातादेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म […]
देवी रनको उपाधि खासेन र सिमानालाई
बिर्तामोड, पुस १८ । झापा बिर्तामोडको देवी माविले सञ्चालन गरेको देवी रन २०८१ को उपाधि खासेन चेम्जोङ र सिमाना जवेगूले जितेका छन् । विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पाँच किलोमिटर दौडमा पुरुषतर्फ कक्षा […]
भद्रपुरका एक दम्पती भक्तपुरमा दुर्घटना हुँदा घाइते
भद्रपुर, पुस १८ । झापा भद्रपुरका एक दम्पती स्कुटर दुर्घटनामा भक्तपुरमा सख्त घाइते भएका छन् । भद्रपुर–८ का निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा दुर्घटनामा सख्त घाइते भएका हुन् । घाइते दम्पतीको […]
टिमाईको झोलुङ्गे पुलमा पर्यटकको घुइँचो
मेचीनगर, पुस १८ । झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा भर्खरै बनेको झोलुङ्गे पुलमा पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने थालेका […]
कचनकवलमा महिलाको ज्यान लिएको भोलिपल्ट हात्तीले भत्कायो घर
बिर्तामोड, पुस १८ । झापाको बचनकवलमा जंगली हात्तीले एकजना महिलाको ज्यान लिएको भोलिपल्ट गाउँ पसेर घर भत्काएर क्षति गरेको छ । हिजो राति १२ः३० बजे कचनकवल-१ फिटिङ गाउँमा छवटा जंगली हात्ती प्रवेश गरी रामप्रसाद किस्कू […]



