Category: 'समाचार'
भद्रपुरमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सुरु
बिर्तामोड, बैशाख १८ । झापाको भद्रपुरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाले अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । झापा शाखाले ७५ लाख रुपैयाँको लगायतमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको शाखा सभापति लोकराज ढकालले […]
आफू बसेकै ठाउँबाट स्वास्थ्य बीमा सेवाको व्यवस्था, एक महिनामै सेवा लिन सकिने
बिर्तामोड, बैशाख १८ । सेवाग्राहीले अबदेखि आफू बसोबास गरेको स्थानबाट नै स्वास्थ्य बीमा सेवा पाउने भएका छन् ।अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने […]
औद्योगिक पार्कको ३०० बिघामा भारतीयको मकैखेती, प्रशासन बेखबर
दमक, बैशाख १८ । नेपाल–चीनमैत्री औद्योगिक पार्कको तीन सय बिघा जग्गामा भारतीयले अवैध रूपमा मकैखेती गरिरहे पनि प्रशासनले अवरोध गर्न सकेको छैन । मकैखेती भएकोबारेमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र जिल्ला प्रशासन दुवै जानकार छन् । […]
कोशीमा सहकारीको एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न रोक
बिर्तामोड, बैशाख १८ । कोशी प्रदेश सरकारले सहकारी संस्थाको एउटै पदमा दुई कार्यकालभन्दा बढी निर्वाचित हुन रोक लगाएको छ । प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गर्दै पदाधिकारीमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्था गरेको हो […]
घट्यो इन्धनको मूल्य
बिर्तामोड, बैशाख १८ । आज मे १ तारिखदेखि १५ तारिखसम्म उपभोक्ताका लागि केही राहत हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार आज बिहान १२ः०१ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल […]
चारआली दुर्घटनामा मृत्यु हुने बराल गाविसका पूर्वउपाध्यक्ष
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मृत्यु भएका टंकप्रसाद बराल गाविसका पूर्वउपाध्यक्ष रहेको खुलेको छ । अर्जुनधाराका युवा लबकुश गौतमका अनुसार बराल साविक शनिश्चरे गाउँ विकास समितिका पूर्वउपाध्यक्ष हुन् । उनी […]
भण्डारी र भुर्तेललाई ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान’
बिर्तामोड, बैशाख १७ । यो वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्य भुर्तेललाई प्रदान गरिने भएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको […]
मेचीनगरमा ट्रकले ठक्कर दिँदा अर्जुनधाराका बरालको मृत्यु
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट मृत्यु हुनेमा झापा अर्जुनधारा-१० बस्ने ६८ वर्षीय टंकप्रसाद बराल रहेका छन् । दुर्घटनामा घाइते बराललाई उपचारको लागि […]
बिर्तामोड फुट–७ कप खुला फुटसलको तयारी पूरा
बिर्तामोड, बैशाख १७ । झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ […]



