Category: 'समाचार'
बिर्तामोड आसपासमा असिनासहितको वर्षा
बिर्तामोड, बैशाख १४ । झापाका केही स्थानमा आज एकाबिहानै वर्षा भएको छ । मेघगर्जन/चट्याङसहित हल्का वर्षा र असिना पानी परेको हो । बिर्तामोड आसपासम लगभग १५ मिनेट वर्षा भएको थियो । आज आइतबार देशका केही […]
लैङ्गिक हिंसा निवारणसम्बन्धी पाँच दिने प्रदेशस्तरीय तालिम सुरु
बिर्तामोड, बैशाख १३ । लैङ्गिक हिंसा निवारणसम्बन्धी पाँच दिने प्रदेशस्तरीय खोज पत्रकारिता तालिम आजदेखि विराटनगरमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला विभागको आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा भएको […]
चन्द्रगढी भेट्रान फुटबलको उपाधि आयोजकलाई
भद्रपुर, बैशाख १३ । पाँचौँ संस्करणको गम्भीर राई स्मृति चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक चन्द्रगढीले उचालेको छ । सडनडेथमा उर्लाबारीको ढल्के जोवन भेट्रान एफसीलाई हराउँदै आयोजक च्याम्पियन बनेको हो । भद्रपुरको मेची रंगशालामा […]
आन्दोलनकारी शिक्षक चढेको बस शिवसताक्षीमा दुर्घटना, २३ घाइते
बिर्तामोड, बैशाख १३ । झापाको शिवसताक्षीस्थित निर्माणाधीन एसियन हाइवेमा बस दुर्घटना हुँदा २३ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर झापा आउँदै गरेको रात्रिबस शिवसताक्षीस्थित दुधे माईधार सडक खण्डको मिलनचोकमा आज बिहान […]
बिर्तामोडको जंगलमा स्थानीय महिलाको शव !
बिर्तामोड, बैशाख १२ । झापाको बिर्तामोडमा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड-७ खालबाडीकी पुष्पा चाम्लागाईं सापकोटाको शव भेटिएको हो । स्थानीय छिमेकी तथा आफन्त दिपक चम्लागाईंका अनुसार ५५ वर्षीया पुष्पा हिजो बिहान ११ […]
बिर्तामोडका कृषकलाई नगरपालिकाद्वारा सात सय बाख्रा वितरण
बिर्तामोड, बैशाख १२ । झापाको बिर्तामोड नगरपालिकाले स्थानीय कृषकको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले उन्नत जातको बाख्राका सात सयवटा पाठा कृषकहरुलाई वितरण गरेको छ । नगरका १० वटा वडाका पशुपालक किसानमध्ये गोला प्रथाबाट छनोट गरेर १६ […]
चन्द्रगढी भेट्रान फुटबलः उपाधिका लागि आयोजक र उर्लाबारी खेल्दै
भद्रपुर, बैशाख १२ । पाँचौँ संस्करणको गम्भीर राई स्मृति चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक चन्द्रगढी र उर्लाबारीको ढल्के जोवन भेट्रान एफसी खेल्ने भएका छन् । भद्रपुरको मेची रंगशालामा भोलि शनिबार हुने फाइनल […]
मेचीनगरमा महिलालाई सिक्कल हान्ने राजवंशी पक्राउ
बिर्तामोड, बैशाख १२ । झापाको मेचीनगरकी एकजना महिलामाथि स्थानीय पुरुषले धारिलो हतियार सिक्कलले हानेर गम्भीर घाइते बनाएका छन् । मेचीनगर-१५ बस्ने अन्दाजी ५० वर्षीय लालबहादुर राजवंशीले वडा नम्बर १४ धाइजन बस्ने ३१ वर्षीया पूजा खरेलमाथि […]
चार भुटानी शरणार्थीलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
बिर्तामोड, बैशाख ११ । सर्वोच्च अदालतले हिरासतमा रहेका भुटानी शरणार्थीहरूलाई स्थानहद तोकेर अनुसन्धान गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिरासतमा रहेका भुटानी शरणार्थीहरूलाई झापाको बेलडाँगी शरणार्थी शिविर वा […]



