Category: 'समाचार'
सस्तिदै सुन, तोलामा २ हजार ६ सय घट्यो
बिर्तामोड, मंसिर ११ । आज पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी […]
बिर्तामोड झापा कपका लागि ‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११
बिर्तामोड, मंसिर ११ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका […]
उद्योग वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा रुपक श्रेष्ठ विजयी
दमक, मंसिर ११ । झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज शाखाको अध्यक्षमा व्यवसायी रुपक श्रेष्ठ निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी रमेशप्रसाद राजवंशीलाई ३३ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले […]
कमल र गौरीगञ्जबाट लागुऔषधसहित चारजना पक्राउ
बिर्तामोड, मंसिर ११ । झापा प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलका ३८ वर्षीय सन्देश बस्नेत, गौरीगञ्ज-१ का २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ […]
अल्बानिया पठाइदिने भन्दै ठग्ने बाह्रदशीका राजवंशी पक्राउ
बिर्तामोड, मंसिर १० । प्रहरीले वैदेशिक रोजगार ठगीको आरोपमा झापाका एकजनालाई काठमाडौँबाट पक्राउ गरेको जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार झापा बाह्रदशी-३ का ४१ वर्षीय कार्तिकलाल राजवंशीलाई दरबारमार्गबाट पक्राउ गरिएको हो । […]
मेची आँखा अस्पतालमा कानको उपचार पनि सुरु
बिर्तामोड, मंसिर १० । आँखा उपचारमा नेपालमै चर्चित झापाको बिर्तामोडमा रहको मेची आँखा अस्पताल (संघ) मा कानको उपचार पनि हुने भएको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले अस्पताल परिसरमा कान […]
बिर्तामोडमा ग्यारेज र टिपरमा आगो लाग्दा २५ लाखको क्षति
बिर्तामोड, मंसिर १० । झापाको अर्जुनधारा-११ बुट्टाबारी र र बिर्तामोड-६ मसाले टोलमा हिजो राति आगलागी हुँदा करिब २५ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । अर्जुनधारा-११ मा रहेको आशिष वनको घरको सटरमा दिपक राजवंशीले […]
क्यान झापाको अध्यक्षमा क्वालिटी कम्प्युटरकी शुभ कुमाई
बिर्तामोड, मंसिर १० । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको अध्यक्षमा शुभ कुमाई पाठक सर्वसम्मत चयन भएकी छन् । क्यान झापाको १० औँ वार्षिक साधारणसमा तथा पाँचौँ अधिवेशनले क्वालिटी कम्प्युटरकी निर्देशक शुभको अध्यक्षतामा ९ […]
इम्पेरिएर एजुकेसनको शाखा चारआलीमा
मेचीनगर, मंसिर ९ । इम्पेरिएर एजुकेसन नेटवर्क प्रालिले झापाको चारआलीमा आफ्नो शाखा विस्तार गरेको छ । मेचीनगर-१३ स्थित कार्यालयको शाखा आज एक कार्यक्रमका बीच विस्तार गरिएको हो । नेटवर्कका केन्द्रीय प्रतिनिधि सुमन अधिकारीको अध्यक्षता तथा […]

