Category: 'समाचार'
कालीखोलामा दुर्घटना हुँदा दुईजना घाइते
बिर्तामोड, मंसिर ९ । झापाको बुद्धशान्ति गाउँपालिका–४ कालिखोलास्थित मेची राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । हिजो राति साढे ११ बजे बुधबारेबाट इलामतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ५८०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना […]
लुटिएको हतियार बेच्ने दमकका लिङदेनसहित तीनजना पक्राउ
बिर्तामोड, मंसिर ९ । जेन्जीका नाममा काठमाडौँमा विध्वंश मच्चाउने झापाका दुईजनासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका एकजना कांग्रेसका विवादित नेताका छोरा छन् । पक्राउ पर्नेमा झापा दमक-६ प्रशान्ति टोल बस्ने कांग्रेस नेता […]
बिर्तामोडमा टिभिएसका दुई नयाँ मोडलका मोटरसाइकल सार्वजनिक
बिर्तामोड, मंसिर ८ । झापा बिर्तामोडको लागि टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले दुई नयाँ मोडलको भव्य लन्च गरेको छ । आज एक कार्यक्रमका बीच सञ्चालक याम कार्की र पत्रकार हिमाल खरेलले दुई नयाँ […]
बिर्तामोडमा सस्तियो प्याज, बढ्यो सिमी र बोडी
बिर्तामोड, मंसिर ८ । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज पछिल्ला दिन घट्दै गएको छ । आज प्याजको थोक मूल्य प्रतिकिलो ३२ रुपैयाँदेखि ३४ रुपैयाँमा कायम भएको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार […]
सुनको मूल्य घट्यो, तोलाको २ लाख ४२ हजार ७००
बिर्तामोड, मंसिर ८ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
समस्याग्रस्त सहकारीका बचतकर्ताको एक लाखसम्म फिर्ताको तयारी सुरु
बिर्तामोड, मंसिर ८ । सरकारले सहकारीका साना बचतकर्ताको बचत फिर्ताको तयारी सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका बचतकर्ताको एक लाख रुपैयाँसम्म फिर्ताको लागि तयारी सुरु गरेको हो । […]
खेलकुद समिति अध्यक्ष भण्डारीको पदावधि कायमै
बिर्तामोड, मंसिर ८ । झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को पदावधि कायमै भएको छ । भण्डारीको पदावधि सकिएको भन्दै कोशी प्रदेश खेलकुद विकास बोर्डले असोज २६ गते कोशी प्रदेशका १४ वटै जिल्लालाई […]
बिर्तामोडबाट ‘लक्की ड्र’ सहित चार भारतीय पक्राउ
बिर्तामोड, मंसिर ८ । प्रहरीले झापाको बिर्तामोडबाट प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपन, कपडा र अन्य सामग्रीसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बिर्तामोड बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ स्थित एक होटेलबाट […]
थुनामुक्त भए दुर्गा प्रसाईं, आन्दोलनको स्वरुप परिवर्तन हुने
बिर्तामोड, मंसिर ८ । सर्वोच्च अदालतको आदेशसँगै अभियान्ता दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्चको आदेशसँगै उनी आइतबार साँझ थुनामुक्त भएका हुन् । बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त […]

