Category: 'समाज'
प्रहरीले १६ वर्षमै पेन्सन सुविधा पाउने
बिर्तामोड, जेठ २ । सरकारले प्रहरीलाई १६ वर्षको जागिर अवधिमै सरकारले पेन्सन दिने नीति अघि बढाएको छ। राष्ट्रपतिले रामचन्द्र पौडेलले मंगलबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो विषय समावेश छ। नीति […]
दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ
दमक, जेठ २ । झापाको दमकमा प्रतिबन्धित लागुऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । हिजो राति अन्दाजी १० बजे दमक नगरपालिका वडा नम्बर २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागुऔषध बिक्री गरिरहेको विशेष सूचनाका आधारमा […]
चारआलीमा बिएन्डके पोलिक्लिनिक सञ्चालनमा
मेचीनगर, जेठ १ । झापाको चारआलीमा बिएन्डके पोलिक्लिनिक सञ्चालनमा आएको छ । मेचीनगर–१३ इलामरोड, चारआलीमा रहेको पोलिक्लिनिकले आजबाट आफ्नो सेवा सञ्चालनमा ल्याएको हो । चारआली आसपासका बिरामीहरुलाई मध्यनजर गर्दै पोलिक्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक शिवसञ्जन यादवले […]
आदर्श युवा क्लबले स्थापना गरेको मलामी विश्रामालय चिलिमगढी घाट व्यवस्थापन समितिलाई हस्तान्तरण
मेचीनगर, बैशाख ३१ । आदर्श युवा क्लब बुद्धशान्ति झापाले आदर्श मलामी विश्रामालय चिलिमगढी घाट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । आदर्श युवा क्लबले क्लबका पूर्वअध्यक्ष तथा बुद्धशान्तिका प्रथम राष्ट्रिय एन्फा रेफ्री लोकराज ढुंगानाको स्मृतिमा करिब […]
कनकाईमा करेन्ट लागेर महिलाको मृत्यु
बिर्तामोड, बैशाख ३१ । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । हिजो (आइतबार) साँझ कनकाई २ मा करेन्ट लाग्दा स्थानीय रविन श्रेष्ठकी पत्नी अन्दाजी २३ वर्षीय मिना श्रेष्ठको मृत्यु भएको हो […]
झापामा आठ लाखजनाले खाए हात्तीपाइले रोगविरुद्धको औषधि
बिर्तामोड, बैशाख ३१ । झापामा सञ्चालित आम औषधि सेवन अभियानअन्तर्गत आठ लाख चार हजार ७३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही बैशाख १६ देखि ३० गतेसम्म जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि […]
गिरीबन्धु जग्गाबारे सर्वोच्च अदालतः बसपार्कसहित आसपासको जग्गा सरकारीकरण गर्नू
बिर्तामोड, बैशाख ३१ । सर्वोच्च अदालतले झापाको गिरीबन्धुको चिया उत्पादनबाहेक अरु प्रयोजनमा रहेका जग्गा सरकारीकरण गर्नू भनी आदेश जारी गरेपछि लेनदेन गरेका व्यवसायी तथा सर्वसाधारण अन्योलमा परेका छन् । झापाको गिरीबन्धु टि स्टेटको नाममा रही […]
नर्स दिवसमा ओमसाई पाथिभरा हस्पिटलका कर्मचारीलाई सम्मान
भद्रपुर, बैशाख ३१ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा कार्यरत कर्मचारीहरुलाई नगदसहित सम्मान गरेको छ । अस्पतालको सभाकक्षमा भएको कार्यक्रममा सहायक मेट्रोन इन्दिरा खतिवडा, सरसफाइ कर्मचारी पुष्पलाल प्रसाईंलाई नगद, दोसल्लासहित पुरस्कृत गरिएको […]
नर्स दिवसमा नगर अस्पतालका नर्सलाई वीरता जेसिजको सम्मान
बिर्तामोड, बैशाख ३१ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा वीरता जेसिजले बिर्तामोड नगर अस्पतालमा कार्यरत नर्स गंगा उप्रेतीलाई नगदसहित सम्मान गरेको छ । एक कार्यक्रमका बीच वीरता जेसिजले नगर अस्पतालमा कार्यरत बिर्तामोड-३ निवासी नर्स उप्रेतीलाई नगद […]

