Category: 'समाज'

मेची नदीले बगाउँदा एक महिला बेपत्ता
मेचीनगर, असोज १९ । झापाको मेचीनगरमा मेची नदीले बगाउँदा एकजना महिला बेपत्ता भएकी छन् । स्थानीय पत्रकार तथा शिक्षक देबु बानियाँका अनुसार मेचीनगर-७ पुरानो भन्सारकी ३४ वर्षीया हिमा पोखरेल खरेललाई नदीले बगाएको हो । हिजो […]
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा-२ को कार्यालय उद्घाटन
बिर्तामोड, असोज १८ । झापाको बिर्तामोडमा अवकाशप्राप्त नेपाली सेनाका सदस्यहरुले कार्यालय स्थापना गरेका छन् । आज एक कार्यक्रमका बीच सामाजिक व्यक्तित्व तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कार्यालयको उद्घाटन गरे । नेपाल राष्ट्रिय भूतपूर्व […]
तमू विद्यार्थी छोँज धीँ झापा अध्यक्षमा पुनः नवेश
बिर्तामोड, असोज १८ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति झापाको समिति पुनर्गठन गरिएको छ । झापाको बितामोड सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः नवेश गुरुङलाई निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा किरण […]
मृगौला बिरामी जानुकालाई खरेल प्रवर्धन समिति झापा-२ को आर्थिक सहयोग
बिर्तामोड, असोज १७ । बन्धुहितमा सक्रिय रहेको वशिष्ठ आश्रम खरेल प्रवर्धन समिति झापा क्षेत्र नम्बर २ ले एकजना मृगौलाकी बिरामीलाई सहयोग गरेको छ । क्षेत्रीय समितिका अध्यक्ष नविन खरेलको नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्यहरुले मेचीनगर […]
शब्दपत्र चौथो वर्षमा
बिर्तामोड, असोज १७ । झापाको बिर्तामोडबाट सञ्चालित डिजिटल मिडिया शब्दपत्र डटकम चौथो वर्षमा प्रवेश गरेको छ । चौथो वर्ष प्रवेशको अवसरमा शब्दपत्र डटकमले सहयोगीलाई सम्मान र सञ्चालकलाई प्रमाणपत्र वितरण गरेको छ । शब्दपत्र प्रकाशन प्रालिका […]
बनियानीबाट हिँडेको बस मोरङमा दुर्घटना, घाइते ३० मध्ये २ जनाको अवस्था गम्भीर
बिर्तामोड, असोज १७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र ५ को सिमानास्थित दुलारीमा दुईवटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था […]
हात्तीले कुल्चिँदा हल्दिबारीका गुरुङको मृत्यु
भद्रपुर, असोज १७ । झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । हल्दिबारी-३ स्थित रणकाली सामुदायिक वनमा घाँस काटेर फर्कने स्थानीय ६५ वर्षीय वाङदी गुरुङको हात्ती आक्रमणबाट मृत्यु भएको हो । अन्दाजी ८-१० […]
बिर्तामोडमा क्युआर भुक्तानीमार्फत ठग्दै दिपक कालिकोटे
बिर्तामोड, असोज १६ । झापाको बिर्तामोडमा विगत केही सातायता एकजना युवाले विद्युतीय बैंकिङ कारोबारका नाममा ठगिरहेको भए पनि प्रहरीले केही गर्न सकेको छैन । घटनाबारे बिर्तामोड प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले बेवास्था गरेको ठगिएका व्यवसायीहरुले […]
बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं रिहा
बिर्तामोड, असोज १५ । झापा बिर्तामोडका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार […]