Category: 'खेल'
सोमबारे फुटबलमा राजगढ र दुधे विजयी
बिर्तामोड, असोज ७ । झापाको बिर्तामोड-२ सोमबारेमा आजदेखि सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर […]
सोमबारे फुटबल प्रतियोगिता : उद्घाटन खेलमा आज राजगढ र शनिश्चरे खेल्दै
बिर्तामोड, असोज ७ । झापाको बिर्तामोड-२ सोमबारेमा आजबाट सुरु हुने जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ को उद्घाटन खेलमा राजगढ एफसी र शनिश्चरे एफसी खेल्दै छन् । त्यस्तै, आज हुने दोस्रो खेलमा बिर्तामोड युनाइटेडले झिलझिले युवा परिवारसँग […]
झापा ११ पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, असोज ६ । मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकपमा झापा ११ एफसीले सानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतबार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीविरुद्ध […]
जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ को तयारी पूरा
बिर्तामोड, असोज ५ । झापाको बिर्तामोड-२ सोमबारेमा बडादसैँको उपलक्ष्यमा आयोजना हुने फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पहिलोपटक प्रतियोगिता गर्न लागेको आयोजक योङ स्टार फुटबल क्लब बिर्तामोड–२ ले खेलमैदान मर्मतको काम सम्पन्न गरेको छ […]
न्यु स्टार क्लब जिल्लास्तरीय फुटबलको तयारी धमाधम
बिर्तामोड, असोज ५ । झापाको बिर्तामोडस्थित खेपबाडीमा आयोजना हुने जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । यसअघि अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप सञ्चालन गर्दै आएको आयोजक न्यु स्टार क्लब बिर्तामोड-७ ले खेलमैदान मर्मतको काम धमाधम गरिरहेको […]
बुद्धशान्तिमा झापा मिडिया कप फुटबल हुने
बिर्तामोड, असोज ५ । झापाको बुद्धशान्तिमा बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप २०८१ हुने भएको छ । प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड बडादसैँको पावन अवसर पारेर जिल्लाका प्रेस क्लबहरुबीच मिडिया कप फुटबल प्रतियोगिता […]
कोशी प्रदेश ब्याडमिन्टनको उपाधि बोगटी+चौधरी र गुरुङ+ठकुरी जोडीलाई
भद्रपुर, भदौ ३० । कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले उचालेको छ । आज भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका […]
बोगटी+चौधरी, खापुङ+सिंखडा, कार्की+खड्का, गुरुङ+ठकुरी फाइनलमा
बिर्तामोड, भदौ ३० । कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि चारवटै जोडीले दाबी गरेका छन् । भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा हुने फाइनल खेलमा दुवै विधाका […]
मिस्टर झापाको तयारी अन्तिम चरणमा
बिर्तामोड, भदौ ३० । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा हुन लागेको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही असोज २१ गते हुने जिल्लास्तरीय प्रतियोगिताको तयारी ९० प्रतिशत सकिएको २०६४ का मिस्टर […]


