Category: 'अपराध'

कनकाई नदी डुबेर एक पुरुषको मृत्यु
दमक, असोज ५ । झापाको शिवतिाक्षीस्थित कनकाई नदीमा एकजनाको डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शिवसताक्षी १० टेग्रामा पानीमा डुबिरहेको अवस्थामा आज मध्यान्ह एउटा बेवारिसे शव भेटिएको हो । उत्तानो परेको, अनुहार पानीमा […]
विदेश पठाइदिन्छु भनेर रकम ठग्ने बाह्रदशीका राजवंशी पक्राउ
बिर्तामोड, असोज ५ । झापा बाह्रदशीका एकजनासहित दुईजनालाई वैदेशिक रोजगारको प्रलोभनमा पारेर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी–७ घर भई भक्तपुरको मध्यपुर थिमी–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जयनारायण राजवंशी र स्याङ्जाको […]
झापा कारागारका एकजना कैदी भागे
बिर्तामोड, भदौ ३० । झापा कारागार चन्द्रगढीमा कैद भुक्तान गरिरहेका एकजना कैदी भागेको प्रहरीले जनाएको छ । कारागारमा कैद भुक्तान गरिरहेका जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी २४ वर्षीय जीवन साह ओमसाई पाथिभरा अस्पताल भद्रपुरबाट भागेका हुन् […]
दिदी भिनाजुले झगडा गरेपछि पाहुना आएकी सालीले गरिन् आत्महत्या
बिर्तामोड, भदौ २८ । बिर्तामोड–५ सुकुम्बासी टोलमा दिदी भिनाजुको कोठामा बस्दै आएकी एक महिलाले आज राति झुन्डिएर आत्महत्या गरेकी छन् । छवि विकको घरमा कोठा भाडामा बस्दै आएकी विमला दर्नालकी बहिनी २५ वर्षीया कोपिला दर्नाल […]
अर्जुनधारामा प्रेमिकालाई छुरा हान्ने विकको अवस्था गम्भीर
बिर्तामोड, भदौ २८ । झापाको अर्जुनधारा–६ महानन्द चोकमा प्रेमिका मनिषा लोहारलार्ई छुरा हानेर हत्या गर्ने अनिल विकको अवस्था गम्भीर रहेको छ ।उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । कैलाली गौरीगंगा […]
बिर्तामोडमा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुल्यो
बिर्तामोड, भदौ २८ । झापा अर्जुनधारा–६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ । हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिषा लोहार भएको खुलेको हो । त्यस्तै […]
महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी युवतीको हत्या
बिर्तामोड, भदौ २८ । झापाको बिर्तामोडस्थित महानन्द चोकमा आज साँझ एक अपरिचित युवतीमाथि नचिनेका युवकले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो । एकजना […]
पाल्की चामलको बोराभित्र ब्राउनसुगर बोकेका सार्की पक्राउ
मेचीनगर, भदौ २८ । पूर्वीनाका काँकरभिट्टा हुँदै भारतबाट ठूलो मात्रामा लागूऔषध भित्र्याउन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई हाल झापा दमक नगरपालिका वडा […]
भाइको हत्या आरोपमा आफ्नै दाजु पक्राउ
बिर्तामोड, भदौ २८ । झापाको शिवसताक्षीमा भाईको हत्या आरोपमा आफ्नै दाजु पक्राउ परेका छन् । शिवसताक्षी–८ शितल चोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो […]