Category: 'अपराध'
धुलाबारीको निन्दा खोलानजिकै घारीमा नवजात शिशु भेटियो
मेचीनगर, कात्तिक २९ । झापा मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको कमिलाले टोकिरहेको रक्ताम्य अवस्थामा नवजात शिशु भेटिएको छ । आज बिहान अन्दाजी ६ः३० बजे मेचीनगर १० स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नांगै जीवित नवजात शिशु […]
अर्जुनधारामा अवैध उत्खनन गर्ने नौवटा ट्याक्टर नियन्त्रणमा
बिर्तामोड, कात्तिक २९ । झापाको अर्जुनधारामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । स्थानीय बिरिङ खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक वातावरणीय […]
दमकमा जिपको ठक्करबाट श्रेष्ठ गम्भीर घाइते
दमक कात्तिक २९ । झापाको दमकमा बोलेरो जिपको ठक्करबाट एकजना किशोर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान ५ः४५ बजे दमक–४ चिया दोकानमा जिपको ठक्करबाट दमक–९ बस्ने १७ वर्षीय प्रज्ज्वल श्रेष्ठ गम्भीर […]
बिर्तामोडबाट मोटरसाइकल चोर्ने इलामका गिरी माईमा पक्राउ
बिर्तामोड, कात्तिक २९ । झापाको बिर्तामोडबाट मोटरसाइकल चोर्ने व्यक्तिलाई प्रहरीले इलाममा पक्राउ गरेको छ । दुई दिनअघि बिर्तामोड-१ वाल्मीकि स्कुलको अगाडिबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलामको माई नगरपालिकामा पक्राउ परेका हुन् । मंगलवार बिहान […]
मेचीपुलबाट ब्राउन सुगरसहित लमजुङ, नुवाकोट र रौतहटका युवा पक्राउ
बिर्तामोड, कात्तिक २७ । प्रहरीले लमजुङ, नुवाकोट र रौतहटका तीनजना युवालाई लागुऔषधसहित काँकरभिट्टाको मेची पुलबाट पक्राउ गरेको छ । मेचीनगर-६ पुरानो मेची पुलमा लमजुङको साविक जिता-३ घर भई हाल तनहुँ व्यास १० बस्ने २८ वर्षीय […]
बाह्रदशीका जुवाडेमाथि सात दिन म्याद थपेर अनुसन्धान
बिर्तामोड, कात्तिक २७ । झापाको बाह्रदशीबाट पक्राउ परेका सातजना जुवाडेमाथि सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरुलाई आज अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका […]
वैदेशिक रोजगार ठगी आरोपमा मेचीनगरका खड्का पक्राउ
बिर्तामोड, कात्तिक २७ । झापा मेचीनगरका एकजना व्यक्तिलाई प्रहरीको अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । मेचीनगरका मनिष खड्कालाई वैदेशिक रोजगार ठगी आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो पक्राउ गरेको हो । मेचीनगर-१० का […]
सहकारी नेता अधिकारीमाथि रकम हिनामिनाको आरोप
बिर्तामोड, कात्तिक २७ । झापा भद्रपुरका सहकारी नेता घनश्याम अधिकारीमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ । बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्ष हुँदा उनले ४ लाख ६० हजार २०० रुपैयाँ हिनामिना गरेको […]
सडक दुर्घटनामा घाइते हल्दिबारीका मर्डीको मृत्यु
बिर्तामोड, कात्तिक २६ । एक साताअघि सडक दुर्घटनामा गम्भीर घाइते भएका झापा हल्दिबारीका सुमन मर्डीको मृत्यु भएको छ । कात्तिक १८ गते भद्रपुर-१० त्रिवेणी टोलस्थित धनुषमोडबाट केन्द्रमोडतर्फ जाँदै मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उनी घाइते भएका […]


