Category: 'अपराध'

दमक ग्याङ फाइट प्रकरणः हत्यामा संलग्न ११ जना पक्राउ
दमक, असोज १५ । झापाको दमकमा तीन दिनअघि भएको ग्याङ फाइट प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ । दमक १ स्थित रुवेल माछा फ्राइमा साथीहरुबीच झगडा हुँदा छुरा […]
अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेतको निलम्बन
बिर्तामोड, असोज १२ । विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनैतिक क्रियाकलापमा संलग्न भएको सार्वजनिक भएका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई शनिश्चरे अस्पतालले निलम्बन गरेको छ । बुधबार बेलुका वनमा अस्पतालकै एक कर्मचारीसँग अनैतिक क्रियाकलापमा संलग्न […]
दमकमा ग्याङ फाइटमा छुरा प्रहार हुँदा एकजनाको हत्या
दमक, असोज १२ । आज बिहान झापाको दमकमा ग्याङ फाइट हुँदा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ३ घर भएका २९ वर्षीय गोविन्द लिम्बूको […]
दमकको अम्बिका माछा फ्राइबाट कुहिएको माछा बरामद
दमक, असोज ८ । माछाको ग्रेभीका लागि निक्कै चर्चित झापा दमकको अम्बिका माछा फ्राइ होटलबाट ठुलो परिमाणको अखाद्य माछा बरामद गरिएको छ । दमक नगरपालिकाको बजार अनुगमन टोलीले सोमबार अम्बिका माछा फ्राइबाट करिब ६ क्विन्टल […]
गिरीबन्धुको जग्गाका लागि बिर्तामोडका चारजना व्यवसायीसँग साढे ३७ करोड रुपैयाँ लिएको खुलासा
बिर्तामोड, असोज ७ । कम्पनीको जग्गा बिक्री गर्ने प्रयोजनका लागि दुई वर्षअघि भूमिसुधार ऐन नै संशोधन गराउन सफल झापाको बिर्तामोडका छत्रबहादुर गिरी समूहले वर्षौंअघि देखि जमिन बिक्री गर्दै आएको खुलेको छ । बिर्तामोडका व्यवसायी विष्णुबहादुर […]
दमकका राउत आत्महत्या प्रकरणमा पक्राउ परेकी महिलामाथि मुद्दा दर्ता
दमक, असोज ७ । दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एकजना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अर्थात […]
मेचीनगरमा डेंगी परीक्षणमा मनपरी शुल्क
मेचीनगर, असोज ६ । डेंगीका बिरामीको संख्या बढेपछि झापाको मेचीनगरका निजी अस्पताल तथा क्लिनिकहरूले परीक्षणको मनपरी शुल्क लिने गरेको पाइएको छ । किटमार्फत डेंगीको परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले मनपरी शुल्क लिने गरेको गुनासो आएपछि मेचीनगर […]
काँकरभिट्टाबाट लागुऔषधसहित तीनजना पक्राउ
बिर्तामोड, असोज ६ । झापाको काँकरभिट्टाबाट प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–३ बिर्ताबजारका २४ वर्षीय उत्सव चौधरी, मेचीनगर–९ का २० वर्षीय निर्दोष डाँगी र सोही स्थानका उनकै साथी २७ वर्षीय […]
धुलाबारीका तीन बालकको भारतको पानीट्यांकीबाट उद्दार
मेचीनगर, असोज २ । झापाको पूर्वी नाका काँकरभिट्टा–पानीट्यांकीबाट भारततर्फ लैजाँदै गरेका तीनजना बालकको उद्दार गरिएको छ । अपरिचित व्यक्तिले फकाएर भारततर्फ लैजाँदै गरेका ती बालकहरूलाई सशस्त्र प्रहरी बल नेपालको समन्वयमा भारतीय एसएसबीले सीमा नाकाबाटै उद्दार […]