२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेशस्तरीय महिला फुटबल : कनकाई अन्तिम चारमा


बिर्तामोड । प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कनकाई फुटबल क्लब विजयी भएको छ ।
शुक्रबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मोरङ महिला फुटबल टिमलाई ३–१ गोल अन्तरले पराजित गर्दै कनकाई विजयी भएको हो । खेलको २८ र ६० औँ मिनेटमा कनकाईकी कुसुम खतिवडाले गोल गरेकी थिइन् भने इन्ज्युरी समयमा कनकाईकी ममता राउतले आफ्नो टिमका लागि तेस्रो गोल गरेकी थिइन् । मोरङकी इमा राईले ६९ औँ मिनेटमा एक गोल फर्काएकी थिइन् ।
मोरङकी गोलकिप्पर कल्पना क्षेत्रीको हातबाट फुत्किएको बललाई अनमार्क रहेकी खतिवडाले प्रतियोगिताको पहिलो गोल गरेकी थिइन् । उनको प्रहार दायाँ बारमा ठोक्किएर बलले जाली चुमेको थियो । कनकाई अन्तिम चारमा प्रवेश गरेको छ ।


दोस्रो दिनको खेल इलाम महिला फुटबल टिमका विरुद्ध धरान महिला फुटबल टिमले खेल्नेछ । खेलको वुमन्स अफ दि म्याच विजयी टोली कनकाईकी दुई गोलकर्ता कुसुम खतिवडा घाषित भइन् ।
पुस १५ गते सम्पन्न हुने ‘तमू ल्होसार गोल्डकप–२०७६’ प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्ने आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले जानकारी दिए ।
खेलको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले महिलाहरु घरभित्र जामात्र सीमित नरहेको र पुरुष जित्तिकै क्षमतावान रहेको बताइन् । महिला फुटबल हेरेपछि उवकपिनले भनिन्, ‘खेलको माध्यमबाट महिलाले पनि देशको नाम उच्च राख्न सक्नेछन् ।’ उनले डोमालाल राजवंशी रंगशालालाई कानुनी मान्यता दिलाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer