२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नारी संकल्पको कार्यालय स्थापना


बिर्तामोड । झापा बिर्तामाडका क्रियाशील महिलाहरुको संस्था नारी संकल्पले शनिबारबाट आफ्नो कार्यालय स्थापना गरेको छ ।
एक वर्षअघि स्थापित नारी संकल्पले बिर्तामोड १ अतिथि सदनपश्चिम आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको हो । तुलसा मैनाली खरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले कार्यालय उद्घाटन गरेका हुन् । त्यस अवसरमा प्रवक्ता पाण्डेले आर्थिक अनुशासन कायम राखेर अघि बढ्न सुझाव दिए ।
संस्थाकी सचिव हिमा प्रसाईंले सञ्चालन गरेका कार्यक्रममा घिमिरे अफसेटकी सञ्चालक दुर्गा घिमिरेलाई सम्मान गरिएको थियो । सहसचिव आशा बानियाँले स्वागत गर्दै औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा गोविन्द कार्की, नवीन ओली, लक्ष्मी शिवाकोटीले शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच, संस्थाको आयोजना तथा बिर्तामोड १ नम्बर वडा कार्यालयको सहयोगमा धिमालबस्तीमा तीन महिने तान बुन्ने तालिम केन्द्रको उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले केन्द्रको उद्घाटन गरे । कार्यक्रममा नगर प्रमुख शिवाकोटीले महिलालाई उद्यमशील बनाउन नगरपालिका सकारात्मक रहेको धारणा राखे ।
तानबाट पेटानी बुन्ने तालिममा २४ जना महिला सहभागी छन् । धिमाल जाति तथा पिछडिएको वर्गलाई आयमुलक तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यले संस्थाले तालिम सुरु गरको अध्यक्ष खरेलले बताइन् । तालिमको प्रशिक्षण सीता धिमालले गर्दै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer