२०८३ बैशाख १९ शनिबार
Jhapa Today
Adv top

एक घण्टापछि खुल्यो एसियन हाइवेको बिर्तामोड-चारआली खण्ड


बिर्तामोड, बैशाख १९ । लगातारको बैशाखे झरीले अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ । हिजो राति पानी परेर सडक भासिएपछि निर्माणाधीन एसियन हाइवे अवरुद्ध भएको थियो ।

बिर्तामोड-६ कुमारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा एसियन हाइवे बनाउने क्रमममा सडक भासिएर ८ बजेदेखि सवारीसाधन आवागमन अवरुद्ध भएको थियो ।

सो सडक खण्ड एक घण्टापछि खुलेको हो । सडक अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनलाई होल्ड गरिएको थियो । फसेका सवारी साधनहरुलाई कालिका कन्स्ट्रक्सनको सहयोगले निकालिएको थियो ।

अवरुद्ध खुलाएपछि हाल सो क्षेत्रमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । निर्माण जारी रहेको अवस्था निरन्तर परेको पानीले सवारीसाधन सञ्चालनमा कठिन बनाइरहेको छ ।

Adv footer