२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेशस्तरीय महिला फुटबल : धरान फाइनल प्रवेश


??

बिर्तामोड, पुस १२ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा धरान महिला फुटबल क्लब विजयी भएको छ । जीतसँगै धरान फाइनल प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा इलाम महिला फुटबल टिमलाई १–०गोल अन्तरले स्तब्ध पार्दै धरानले बाजी मारेको हो । धरानका लागि नेहा चौधरीले खेलको १० औँ मिनेट गोल गरेर अग्रता दिलाइन् । त्यसको एक मिनेटपछि अर्को गोल प्रहार गर्ने क्रममा इलामकी गोलकिप्पर इन्दिरा राईसँग जुद्धा उनको प्रहार गोलमा परिणत हुन सकेन । गलामा सिक्री लगाएका कारण उनलाई रेफ्री रञ्जना चौधरीले पहेँलो कार्ड देखाइन् ।
खेलको वुमन्स अफ दि म्याच विजयी टोली धरानकी गोलकर्ता नेहा चौधरी घाषित भइन् । उनलाई प्रमुख अतिथि बिर्तामाड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले नगद एक हजार ५०० प्रदान गरे । तेस्रो दिनको खेल कनकाई महिला फुटबल टिमका विरुद्ध आयोजक बिर्तामोड महिला फुटबल टिमले खेल्नेछ ।
पुस १५ गते सम्पन्न हुने ‘तमू ल्होसार गोल्डकप–२०७६’ प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले नगद ५१ हजार १११ रुपैयाँ प्राप्त गर्ने आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer