
बिर्तामोड, बैशाख ८ । नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १,३०० रुपैयाँले वृद्धि भई ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार सुन तोलामा २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने आज घटेको छ।

महासंघका अनुसार चाँदी तोलामा ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य तोलामा ५ हजार १९० रुपैयाँ रहेको थियो।

सुनको मूल्य बढ्दा लगानीकर्तामा चासो बढेको देखिएको छ भने चाँदीमा सामान्य गिरावट आएको छ।






