२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

औषधि व्यवसायीले गरे पदभार ग्रहण


बिर्तामोड । संघीय संरचनाअनुसार पहिलोपटक झापामा नेपाल औषधि व्यवसायी संघको जिल्ला शाखा गठन भएको छ । हालै निर्वाचित कार्यसमितिले सोमबारदेखि पदभारसमेत सम्हालेका छन् ।
बिर्तामोड सोमबार आयोजित एक समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो । यसअघिसम्म मेची अञ्चल शाखाले नै झापाका व्यवसायीहरुलाई समेट्दै आएको थियो । मेची अञ्चल शाखाकै आयोजनामा नवनिर्वाचित अध्यक्ष गौतम गुप्ता, उपाध्यक्ष प्रदीप खरेल, महासचिव जीवनकुमार खड्का, सचिव ससिम पोखरेल, कोषाध्यक्ष बुद्धिशेखर बजगाईं, उपकोषाध्यक्ष युवराज भट्टराई र सदस्यहरु सुरेश खतिवडा, लक्ष्मीप्रसाद पौडेल र प्रह्लादराज ढुंगानालाई पदभार ग्रहण गराउँदै सपथ पनि गराइएको हो ।
मेची अञ्चल शाखा अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा महासचिव वासु दुलालले सञ्चालन गरेको समारोहका बीच निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले नवनिर्वाचित अध्यक्ष गुप्तालाई सपथ गराएका थिए भने अध्यक्ष गुप्ताले अन्य पदाधिकारी तथा सदस्यलाई सपथ गराएका थिए ।
समारोहका प्रमुख अतिथि औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख दिपेन्द्रकुमार खड्काले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै औषधि व्यवसायमा देखिएका समस्या समाधानका लागि विभागले कार्यसमितिसँग मिलेर काम गर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष गुप्ताले प्रतिबद्धता मन्तव्य राखेको समारोहमा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य शर्मिला शाक्य, मेची अञ्चल शाखाका पूर्वअध्यक्ष गोपाल सापकोटा, संघका सुनसरी अध्यक्ष रविन्द्र घिमिरे, मोरङ अध्यक्ष लक्ष्मी तिम्सिनालगायतले शुभकामना व्यक्त गर्दै औषधि व्यवसायमा थुप्रै समस्या रहेकोले सबै व्यवसायी एकताबद्ध ढंगले समाधानमा जुट्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा गौरीगञ्जका औषधि व्यवसायी कात्तिकलाल राजवंशीलाई सो गाउँपालका वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer