२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेश भलिबलको क्वार्टर फाइनल समीकरण पूरा


शरणामती । झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको बिहीबारको खेलबाट क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनलमा आयोजक झापा गाउँपालिकासहित झापाको बिर्तामोड र दमक नगरपालिका र संखुवासभाको सभापोखरी गाउँपालिकाले आआफ्नो खेल जित्दै सेमिफाइनमा प्रवेश पाएका छन् । बिहीबर भएको क्वार्टर फाइनलको खेलबाट झापाको बाह्रदशी गाउँपालिकासहित भोजपुरको रामप्रसाद राई गाउँपालिका टेम्के मयुङ गाउँपालिका र सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकाको टिम पराजित हुँदै विदा भएका छन् । सेमिफाइलमा प्रवेश गर्ने यी अन्तिम चार टिमले कम्तिमा १० हजार १११ रुपैयाँभन्दा माथिको पुरस्कारको रक्षा गरेका छन् ।
बिहीबारको पहिलो खेलमा दमक नगरपालिकाले सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै सेमिको यात्रा पक्का गरेको हो । सो खेलको उत्कृष्ट खेलाडी दमकका प्रकाश लिम्बू भए । दोस्रो खेलमा भोजपुरको सभापोखरी गाउँपालिकाले भोजपुरकै रामप्रसाद राई गाउँपालिकाको टिमलाई ३—१ को सेटले हराउँदै सेमिफाइनलमा प्रवेश पाएको हो । खेलको उत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर कट्टेल भए ।
तेस्रो खेलमा बिर्तामोड नगरपालिकाले बेस्ट अफ फाइभमा भोजपुरको टेम्के मयुङ गाउँपालिकालाई हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो । बिर्तामोडले पहिलो र दोस्रो सेट जित्दा तेस्रो र चौथो सेट टेम्केले जितेर खेल रोमाञ्चक बनेको थियो । अन्तिम सेट बिर्तामोडले १५—१३ ले जित्दै टेक्केको चुनौती पन्छाएको हो । उक्त खेलको उत्कृष्ट खेलाडी टेम्केका सरोज राई भए ।
बिहीबारको अन्तिम खेलमा आयोजक झापा गाउँपालिकाले झापाकै बाह्रदशी गाउँपालिकालाई प्रतिस्पर्धात्मक सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो । सो खेलको उत्कृष्ट खेलाडी आयोजक झापा गाउँपालिकाका रोशन शिवाकोटी भए ।
शुक्रबारको पहिलो सेमिफाइनल खेल सभापोखरी संखुवासभा र दमकबीच बिहान १० बजे र दोस्रो सेमिफाइनल खेल दिउँसो १ बजे बिर्तामोड नगरपालिका र आयोजक झापा गाउँपालिकाबीच हुने आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख १ हजार १ सय ११, ७१ हजार १११, २१ हजार १११ र सान्त्वना हुने एक टिमलाई १० हजार १ सय ११ रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer