२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्सले दियो ५६३ जनालाई न्यानो कपडा


झापा । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ए१ एरिया १ ले ५६३ जनालाई न्यानो कपडा वितरण गरेको छ ।
झापा ५ पन्थापाडाका स्थानीय ज्येष्ठ नागरिक र विद्यार्थीलाई लायन्स क्लबले चिसो ढाक्ने कपडा दिएको हो । विद्यार्थीलाई स्विटर, जुत्ता, मोजा र ऊनको टोपी वितरण गरिएको थियो भने ज्येष्ठ नागरिक र एकल महिलालाई कम्बल र मजेत्रो वितरण गरिएको थियो ।
झरी र शितलहरमा शरीर ढाक्ने बाक्लो कपडा र ओड्ने कम्बल नभएका स्थानीयले न्यानो कपडा पाउँदा दंग भए । झापा गाउँपालिकाको महेन्द्र आधारभूत, जुडो प्राथमिक र लक्ष्मी प्राथमिक विद्यालयका ४ सय ४८ विद्यार्थी र १ सय १५ जना ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष नीरज ओलीले जानकारी दिए ।


लायन्स क्लब एरिया १ का प्रमुख लिला चिमरियाको अगुवाईमा भएको न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लब ३२५ ए १ डिस्ट्रिक गर्भनर इन्द्र खत्रीलगायत लायन्सकर्मीलाई झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले धन्यवाद दिए । न्यानो कपडा वितरणमा सहारा नेपाल साकोस, लायन्स क्लब अफ कनकाई सुरुंगा, आइएमइ फाउन्डेसन, गरमकाली यातायात, महावीर इन्टरनेसनल, लियो क्लब अफ कनकाई सुरुंगालगायत संस्थाले सहयोग पुर्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer