२०८३ बैशाख १८ शुक्रबार
Jhapa Today
Adv top

सुनचाँदीको मूल्य बढ्यो


बिर्तामोड, बैशाख १८ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला तीन हजार ४०० रुपैयाँ र चाँदी १३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

गत बुधबार एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६५० र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Adv footer