२०८३ बैशाख १८ शुक्रबार
Jhapa Today
Adv top

नवनीत एकेडेमी अर्जुनधाराका विद्यार्थीलाई हस्तलेखन तालिम


बिर्तामोड, बैशाख १८ । विद्यार्थीको व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिँदै आएको अर्जुनधाराको नवनीत एकेडेमी अर्जुनधाराले हस्तलेखन तालिम सम्पन्न गरेको छ ।

विद्यालयद्वारा आयोजित हस्तलेखन तालिममा प्राथमिक तहका विद्यार्थीहरु सहभागी भएको विद्यालयकी सहायक प्रिन्सिपल सिर्जना दंगाल बास्तोलाले जानकारी दिइन् ।

एक्सिलेन्स ट्रेनिङ सेन्टर सुनसरीका अनुभवी प्रशिक्षक कृष्णप्रसाद मिश्र र दिपेश चौधरीले विद्यार्थीहरुलाई दुई दिनसम्म हस्तलेखन सुन्दर बनाउने विधि सिकाएका थिए ।

हस्तलेखन प्रशिक्षणले विद्यार्थीहरूमा नयाँ उत्साह र सीप थपेको विद्यालयले जनाएको छ । तालिमपछि विद्यार्थीको लेखनमा धेरै सुधार भएको र उनीहरुले लेख्ने अक्षर पहिलेभन्दा राम्रो भएको बास्तोलाले बताइन् ।

Adv footer