२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आसाममा प्रमोदको ब्यान्डसहित प्रस्तुति


बिर्तामाड । भारतको आसाममा भइरहेको एक भव्य कार्यक्रममा गायक प्रमोद खरेल सहभागी हुने भएका छन् । डिसेम्बर २७ बाट सुरु भएको ‘डेइजिङ फेस्टिभल’ मा प्रस्तुति दिनको लागि उनी आसाम जान लागेका हुन् ।
प्रमोद नेपालबाट सहभागी हुने पहिलो गायक हुन् । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको हो । प्रमोदले त्यहाँ ब्यान्डसहित फेस्टिभलको अन्तिम दिन अर्थात् जनवरी ७ मा आफ्नो प्रस्तुति दिनेछन् । उनले ब्यान्डको म्युजिकसँगै पुराना तथा नयाँ गीतहरु गाउँदैछन् । आसाममा ब्यान्डबिना गीत सुन्ने चलन नभएकाले प्रमोद ब्यान्डसहित जाँदैछन् ।
एसियाका लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने डेइजिङ फेस्टिभल आसामको सरकारी निकायबाट आयोजना भएको कार्यक्रम हो । कार्यक्रममा बलिउडबाट विशाल शेखार, नीति मोहन, मिका सिंहले प्रस्तुति दिइसकेका छन् ।
पहिलो नेपाली कलाकारको रुपमा आसामको ठुलो फेस्टिभलमा सहभागी हुँदै गर्दा प्रमोद उत्साहित छन् । प्रमोद भन्छन्, ‘पहिलोपटक जाँदैछु । त्यहाँ मैले नेपाललाई प्रतिनिधित्व गरिरहेको हुनेछु । मेरो हर प्रयास भनेको नेपाली संस्कृतिलाई चिनाउने नै हुनेछ ।’
प्रमोदले आफ्ना हिट गीतहरुलाई त्यहाँ प्रस्तुत गर्नेछन् । त्योसँगै पुराना लोक तथा नेपाली संस्कृति झल्कने गीतलाई पनि उनले प्राथमिकता दिएका छन् । उनी भन्छन्, ‘मैले कुनै कुनै गीतहरुमा यहाँ र त्यहाँको संगीतलाई मिक्स गरेर गाएको छु । जसले हामीबीच झनै राम्रो सम्बन्ध स्थापित गरोस् ।’
प्रमोदले यो फेस्टिभललाई ‘भिजिट नेपाल २०२०’ को प्रचारको राम्रो थलो मानेका छन् । त्यहाँ पुगेर प्रमोदले नेपालले आयोजना गरेको ‘भिजिट नेपाल २०२०’ को विषयमा बोल्नेछन् । प्रमोदले आफूसँग गीत गाउनको लागि गायिका मिना निरौला पनि जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer