२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

२०७७ को दसैँ टिका कात्तिक १० मा


बिर्तामोड । असोज महिनामा मलमास परेकाले २०७७ सालको दसैँ कात्तिक पहिलो साताबाट मात्र सुरु हुने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँ तिहार झन्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । त्यस्तै, फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
त्यस्तै, तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवद्र्धन तथा म्ह पूजा र भाइटिका मंसिर १ गते परेको गौतमले बताए । मलमास नपरेको बेलामा दसैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ । मलमासका कारण आउँदो वर्ष विवाहको साइत पनि घटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आउँदो वर्ष विवाहको साइत १५ दिन मात्रै छ । यसैबीच, नेपाल पञ्चाङ्ग निर्णायक समितिले गृह मन्त्रालयलाई बिदा सार्वजनिक गरी क्यालेन्डर छपाइका लागि बाटो खुला गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer