२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अमेरिकामाथि नेपालको कीर्तिमानी जित


झापा । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराएको छ ।
अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजयी लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका दीपेन्द्रसिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । त्यस्तै, पारस खड्का १२ बलमा ३ चौका र १ छक्कासहित २० रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए । नेपालले ओडिआइमा यो सर्वाधिक छिटो जित हात पारेको हो ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ओभरमा १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटिएको थियो । यो ओडिआइको सर्वाधिक कम योगफल हो । यसअघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो ।
अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन हो । नेपालबाट ओडिआइमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।
दोस्रो ओभरको अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले इयान होल्यान्डलाई शून्यमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । होल्यान्डलाई फस्ट स्लिपमा रहेका पारस खड्काले उत्कृष्ट क्याच लिँदै शून्यमा पेभिलिएनको बाटो देखाएका थिए । सन्दीपले विकेट मेडन राख्दै अमेरिकालाई थप दबाबमा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer