२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना त्रासका कारण बिर्तामोडमा हुने नेकपाको प्रशिक्षण स्थगित


बिर्तामोड, फागुन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको बिर्तामोडमा हुन लागेको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण पार्टीले कार्यक्रम स्थगित गरेको हो ।

प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेले सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको जानकारी दिए । सरकारले सभा सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको हो ।

नेकपाको प्रदेश १ को दोस्रो पूर्ण बैठक फागुन १९ गते सम्पन्न भएर आज फागुन २० गते प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण हुने निश्चित भएको थियो । कार्यकर्ता भेला तथा प्रशिक्षण बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने कार्यक्रम थियो । कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरु बिर्तामोड आइसकेका थिए । तर, कोरोना भाइरस संक्रमणको खतराका कारण सबै कार्यक्रम स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer