२०८३ जेठ ३ आइतबार
Jhapa Today
Adv top

गौरादहमा एक वृद्ध पैनीमा मृत फेला


बिर्तामोड, जेठ ३ । झापाको गौरादहमा आज एक वृद्ध पैनीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका छन् ।


गौरादह नगरपालिका वडा नम्बर २ सिटिया टोलस्थित बाटो छेउको पैनीमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ मौलीबारी स्थायी घर भएका ६० वर्षीय बाबुराम हस्दा मृत फेला परेका हुन् । मृतक हस्दा विगत ७ वर्षदेखि छोरी सविना हस्दाको घरमा बस्दै आएका थिए ।

आज बेलुका ४ः४५ बजे उनी पैनीमा घोप्टो परेको अवस्थामा फेला परेका थिए । स्थानीयले जीवितै रहेको हुनसक्ने अनुमानमा पैनीबाट बाहिर निकालेर हेर्दा उनको मृत्यु भइसकेको फेला पारेका थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बेलुका ६ः२५ बजे शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल मोरङ पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer