२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीले बनायो हाते सेनिटाइजर


बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले हाते सेनिटाइजरको उत्पादन सुरु गरेको छ । संक्रमण कम गर्न विश्वभरि सेनिटाइजर प्रयोग हुन्छ । अल्कोहल, साबुन र पानीको सम्मिश्रणबाट बन्ने सेनिटाइजरले सूक्ष्म जीवाणुहरु मार्ने गर्छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी भएपछि सेनिटाइजर र मास्कको माग बजारमा उच्च छ ।

कोरोना भाइरस संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठनले हाते सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ । जसका कारण पनि बजारमा सेनिटाइजरको माग ह्वात्तै बढेको छ । बजारमा सेनिटाइजर अभाव भए पनि केही विशेषज्ञहरूले घरैमा उत्पादन गर्न सक्ने उपाय सुझाएका छन् ।

हस्पिटलका डाक्टर राजु श्रेष्ठ र डाक्टर उज्ज्वल राईको नेतृत्वमा सेनिटाइजर उत्पादन गरेर प्रयोगमा ल्याएको हो । यसरी बनाएको सेनिटाइजर प्राकृतिक मात्रै नभई बजारमा पाइनेभन्दा सुरक्षित पनि हुने चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसर सकेसम्म भिडभाडमा नबस्ने, हल्का ज्वरो, रुघाखोकी लागेको जस्तो भए सचेत रहने साथै आफूले आफैँलाई सचेत राख्नुपर्ने बताएका छन् ।

अस्पतालले गेटमा नै सेनिटाइजर वितरण गरेर मात्रै बिरामीलाई प्रवेश गर्न लाएको छ । साथै, थर्मल गनको प्रयोग गरेर शरीरको तापक्रम नाप्ने काम पनि गरिएको छ । गेटमा नै कोरोना हेल्थ डेस्कको स्थापना गरेर परीक्षण सुरु गरिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

अस्पतालमा दैनिक आठ सयभन्दा धेरै बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । संक्रमण हुन नदिनका लागि नियमित स्पमा साबुन पानीले हात धुने नत्र सेनिटाइजर प्रयोग गर्न आवश्यक रहेको चिकित्सकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer