२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपालले पूर्वका क्वारेन्टाइनमा २० लाखको खाद्यान्न उपलब्ध गराउने


झापा, चैत १३ । नेपालकै उत्कृष्टमध्येको एक झापा चारपानेमा रहेको सहारा नेपाल साकोस र सहारा नेपाल गैरसरकारी संस्थाले आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न उपलब्ध गराउने भएको छ ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहारा नेपाल कर्मचारी मानवीय कोषबाट २० लाख रुपैयाँबराबरको खाद्यान्न उपलब्ध गराइने भएको हो ।
संस्थाको कार्यक्षेत्र प्रदेश १ का ६ वटा जिल्लामा रहेको छ । झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर जिल्लाहरुमा स्थापित क्वारेन्टाइन गृहमा रहने कोरोना भाइरस शंकास्पद व्यक्तिका लागि चामल, दाल, तरकारीलगायत खाद्य वस्तु सहाराले उपलब्ध गराउने उनको भनाइ छ ।

हरेक जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा सहाराले अधिकतम् २० लाख रुपैयाँसम्मको खाद्यान्न उपलब्ध गराउने बुधबार साँझ निर्णय गरेको कार्यकारी प्रमुख गिरीले बताए ।

‘संस्थाका कर्मचारीहरुको स्वतःस्फुर्त कार्यक्रमअनुसार हरेकले एक दिनको तलब बराबरको रकम सहारा नेपाल कर्मचारी मानवीय कोषमा थप गर्नेछन् । सोही रकमबाट क्वारेन्टाइनमा रहनुपर्ने शंकास्पद बिरामीहरुका लागि खाद्य सामग्री प्रदान गरिनेछ’, सहाराका कार्यकारी प्रमुख गिरीले भने ।

१ नम्बर प्रदेशका विभिन्न स्थानमा स्थापित कोभिड १९ का शंकास्पद बिरामी राख्ने क्वारेन्टाइन गृहमा ११२ जना र आइसोलेसन गृहमा ५ जनाले उपचार गरिरहेका १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सो कार्यालयका अनुसार विभिन्न देशबाट घर आएका ६९ जनाले होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer