
बिर्तामोड, जेठ ४ । लायन्स क्लब अफ अनारमनीको अध्यक्षमा युवा व्यवसायी रितेन खरेल चयन भएका छन् । वार्षिक साधारणसभा तथा अधिवेशनबाट वर्ष २०२६-२०२७ को लागि खरेल अध्यक्षमा चयन भएका हुन् ।

बिर्तामोडको विर्ताबजारका खरेल एक दशकदेखि होटल व्यवसायमा आवद्ध छन् । उनले बिर्तामोडमा सिपी होटल सञ्चालन गर्दै आएका छन् । उनी सामाजिक कार्यमा पनि सक्रिय छन् ।

समितिको निवर्तमान अध्यक्षमा सरोज खरेल रहेका छन् । त्यस्तै, प्रथम उपाध्यक्षमा अश्विन देउजा, द्वितीय उपाध्यक्षमा हेमन्त पाण्डे र तृतीय उपाध्यक्षमा बिमल दाहाल चयन भएका छन् ।

क्लबको सचिवमा सिर्जन अधिकारी, कोषाध्यक्षमा प्रतिक न्यौपाने, सहसचिवमा जेम्स खतिवडा, सहकोषाध्यक्षमा मौसम अधिकारी चयन भएका छन् । बोर्ड डाइरेक्टरहरुशकुमार हाङछेन राई, रविन्द्र भट्टराई, शैलेन्द्र कुरुम्बाङ, डा. गौरीशंकर झा, राजेश दाहाल, शर्मिला जोशी, महेश जोशी चयन भएका छन् ।

त्यस्तै, जनसम्पर्क अधिकारीमा ललित धिमाल, मिडिया मार्केटिङ चिफमा श्वेता बुढाथोकी, सदस्यहरूमा सुनिता पोखरेल, अस्मिता राई, पंकज सिंघल, मिलन उप्रेती, ऋषभ ढकाल, अंकित दाहाल, सुरेन्द्र गिरी, रेशम मगर, सिके बेघा र सञ्जोग खरेल चयन भएका छन् ।






